नेभिगेशन

चीनबाट सोचेभन्दा बढी फैलिँदै कोरोना भाइरस, अहिलेसम्म दुई हजार प्रभावित भएको अनुमान

जनस्वास्थ्य सरोकार, बेइजिङ । चीनमा उत्पन्न भएको रहस्यमय भाइरसबाट प्रभावितहरुको संख्या सरकारी अधिकारीहरुद्वारा पहिला जानकारी गराइएभन्दा बढी भएको वैज्ञानिकहरुले जनाएका छन् ।अहिलेसम्म त्यहाँ कोरोना भाइरस प्रभावित भएका ६० जना मानिस भएको निश्चित गरिए पनि बेलायती विज्ञले सो संख्या करिब १ हजार ७ सय भएको जनाएका छन् ।सो भाइरसबाट दुईजना मानिसको मृत्यु भएको छ । जसको स्वासप्रश्वासमा समश्या आएर  मृत्यु भएको हो ।यो भाइरस गएको डिसेम्बर महिनामा चीनको वुहान सहरमा पहिलोपटक देखिएको थियो । सो रोगको अध्ययन गरिरहेका वैज्ञानिक प्राध्यापक नील फर्गसनले आफूले अघिल्लो साताको तुलनामा यो भाइरसका सम्बन्धमा बढी चासो दिएको जनाएका छन् । उनले बढी चासो दिनुमा यो नसोचेको ढंगले फैलिएकाले भएको जनाइएको छ । अहिले हङकङ र सिंगापुरले वुहानबाट आएका हवाई यात्रुलाई निगरानी बढाएका छन् । अमेरिकी अधिकारीहरुले पनि गएको शुक्रबारदेखि लागु हुने गरी सान फ्रान्सिस्को, लस एन्जेल्स र न्यूयोर्क विमानस्थलमा निगरानी बढाएको बताइएको छ । सो भाइरसको प्रकोप एक जनालाई थाइल्याण्डमा र अर्का एक जनालाई जापानमा पनि देखिएको बताइएको छ । प्राध्यापक फर्गसनले यो अवस्थाका कारण आफू चिन्तित भएको जनाएका छन् । वुहान अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनमा ३हजार ४ सय मानिसले विदेश यात्रा गर्ने गरेको जनाइएको छ । (बीबीसी)
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट