जनस्वास्थ्य सरोकार, गलेश्वर । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिख स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन सेवा पुनः सञ्चालन आएको छ । दक्ष जनशक्ति र उपकरणको अभावमा दुई वर्षदेखि सो सेवा रोकिएको थियो ।
सुरक्षित गर्भपतन सेवामा सहज पहुँच बढाउन वडाका जनप्रतिनिधि र अगुवाको पहलमा पुनः सेवा शुरु गरिएको स्थानीय सेते तिलिजाले जानकारी दिए । अनिच्छितरुपमा रहेको १२ हप्तासम्मको गर्भपतन गर्न पाउने सुविधा छ ।
स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष दिनेशकुमार पुनको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा आइपास नेपालकी जिल्ला संयोजक थमकुमारी कुँवरले गर्भपतनसम्बन्धी कानूनी प्रावधानको बारेमा जानकारी गाएका थिए। स्वास्थ्यचौकीका प्रमुख तुलबहादुर रन्तिजा र डिलकुमारी पाइजाले सेवाको बारेमा बताएका थिए ।
गर्भवती र सुत्केरीलाई आपत्कालीन कोष
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गर्भवती र सुत्केरीलाई आपत्कालीन कोषको स्थापना गरेको छ । गाउँपालिकाभित्र रहेका प्रत्येक वडामा रु एक–एक लाख बराबरको कोष स्थापना गरिएको हो ।
गरिब, असहाय तथा समस्यामा परेका गर्भवती, सुत्केरीका साथै गरिब तथा विपन्नको उपचारमा सहज हुने गरी कोषको स्थापना गरिएको गाउँपालिका प्रमुख डमबहादुर पुनले जानकारी दिए । “भविष्यमा आवश्यकताअनुसार बजेट थप गर्नेछौँ । वडास्तरमै विभिन्न स्वास्थ्य शिविर समेत सञ्चालन गरिने छ”, उनले भने ।
गाउँपालिकाको दुर्गम क्षेत्रमा रहेका महिलालाई गर्भवती अवस्थादेखि प्रसूतिसम्म आवश्यक पर्ने स्वास्थ्य सेवाका बारेमा समेत सचेत रहेको गाउँपालिकाले जनाएको छ । कोषको स्थापना गरेपछि हरेक वडामा रहेका स्वास्थ्यचौकी, सामाजिक परिचालकबाट समेत तथ्याङ्क सङ्कलन गरिएको छ । कोष सञ्चालनका लागि कार्यविधिसमेत बनाएर घरदेखि स्वास्थ्यचौकी र अस्पतालसम्म पुग्ने बिरामीलाई यातायात खर्चसमेत उपलब्ध गराइने गाउँपालिकाका प्रवक्ता कृष्णबहादुर बरुवालले जानकारी दिए । उनले गाउँसभाका सदस्य सुत्केरी भए एकमुष्ठ रु १० हजार उपलब्ध गराइने बताए । रासस
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
