जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंको लाजिम्पाटस्थित सूरिया प्याथल्याव ‘क’ श्रेणीबाट ‘ख’ मा झरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अनुगमनका क्रममा ‘क’ श्रेणीको मापदण्ड पूरा नभएकाले ‘ख’ श्रेणीमा झारिएको हो । तर अहिलेसम्म ख श्रेणीमा नाम अपडेट गरिएको छैन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले निरीक्षणका क्रममा सूरिया डाइग्नोष्टिकले ‘प्रयोगशाला स्थापना, सञ्चालन तथा मापदण्डसम्बन्धी निर्देशिका २०७३’ अनुसार ‘क’ श्रेणीका लागि आवश्यक पर्ने जनशक्ति, प्रयोगशालामा हुनुपर्ने परीक्षणका अन्य पूर्वाधार तथा मापदण्डहरु पूरा नगरेको जानकारी दिनुभयो । ‘क’ श्रेणीको प्याथल्याब सञ्चालन गर्न विभिन्न विधामा तोकिएका २४ जना आवश्यक जनशक्ति हुनुपर्नेमा सो अनुसार नभएको, ल्याबले गर्नुपर्ने नमुना परीक्षण आफूले नगरी अन्य ल्याबबाट भारत पठाउने गरेको अनुगमनका क्रममा फेला परेको थियो । प्रयोगशालाले लाइसेन्स खारेजीसम्मको स्पष्टीकरण सोधेको छ । साथै सुरियाले नमुना पठाउने गरेको सुकेधाराको बायोल्याबलाई पनि स्पष्टीकरण लिइएको छ । अहिलेसम्म ९ वटा ल्याबले क श्रेणीको अनुमति पाएका थिए । हाल क श्रेणीको प्याथ ल्याबको संख्या ८ मा झरेको छ । हाल सञ्चालित क श्रेणीका प्याथ ल्याबहरुमा ललितपुरको नेपाल मेडिसिटी, नयाँ बानेश्वरको नेशनल रिफरेन्स ल्याब प्रा.लि., बीरगञ्जको मंगलम डायग्नोष्टिक सेन्टर, पोखराको लाइफकेयर डायग्नोष्टिक एण्ड रिसर्च सेन्टर, काठमाडौं कमलपोखरीको सेन्ट्रल डायग्नोष्टिक ल्याबोरेटोरी एण्ड रिसर्च सेन्टर, बुटवलको नेशनल प्याथल्याब एण्ड रिसर्च सेन्टर, जावलाखेलको मेडी क्वेष्ट ल्याबोरेटोरी क्लिनिक र बिराटनगरको नयाँ ल्याब नयाँ प्याथोलोजी रहेका छन् । हाल ख श्रेणीमा ४८ वटा छन् भने ग श्रेणीका २२१ र घ श्रेणीका १३९ ल्याबहरु रहेका छन् ।
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
