
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि उपत्यकाबाहिर भएको मतदान आइतबार सम्पन्न भएको छ। शनिबार र आइतबार दुई दिन भएको मतदानमा उपत्यकाबाहिरका १६ मतदान केन्द्रमा जम्मा २८ सय ५१ मत खसेको संघले जनाएको छ ।
मतदान शान्तिपूर्वक सम्पन्न भएको संघले जनाएको छ । संघको २८ औँ १३ सदस्यीय नयाँ कार्यसमितिका लागि ३० जना प्रतिष्पर्धामा उत्रेका छन्। संघको चुनावमा चितवनमा सबैभन्दा बढी ३ सय ९७ र सबैभन्दा कम जुम्लामा १९ मत खसेको छ ।
संघको नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि लोकतान्त्रिक समूहबाट डा. लोचन कार्की र समावेशी पेशागत समूहबाट डा. पुष्पमणि खराल प्रतिष्पर्धामा छन्। उपत्यकाभित्र भने माघ १७ देखि २१ गतेसम्म ५ दिन मतदान हुनेछ।
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
