प्रसूतितर्फ ४३६, छालातर्फ १०४, श्वासप्रश्वासतर्फ ६४९, भिडियो एक्सरेतर्फ २३०, नाक, कान, घाँटीतर्फ १३७, इसिजीतर्फ १२२, हाडजोर्नीतर्फ ३९६, बालरोगतर्फ ५६ र आँखातर्फ २२० विरामीले सेवा लिएको केन्द्रका लेखापाल वासुदेव दाहालले जानकारी दिए ।
शिविरमा विभिन्न अस्पतालमा कार्यरत ३५ विशेषज्ञ चिकित्सकले सेवा प्रदान गरेका थिए । तनहुँका साथै स्याङ्जाका सर्वसाधारणले सेवा लिएका थिए । स्याङ्जाको हरिनास गाउँपालिका–३ निवासी कुमारी कोइरालाले छिमेकी जिल्लाको अस्पतालबाटै विशेषज्ञसहितको निःशुल्क सेवा पाउँदा सहज भएको बताए ।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका सर्वसाधारणलाई लक्षित गरी आयोजना गरिएको शिविर सफल सम्पन्न भएको उपचार केन्द्रका निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए ।
स्थानीयस्तरबाट सञ्चालित सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व गत वर्षको साउनबाट गिरिजाप्रसाद कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा हस्तान्तरण गरिएपछि सोही अस्पतालको भवनबाट उपचार केन्द्रको प्रशासनिक काम र स्वास्थ्योपचारको सेवा सञ्चालन भइरहेको छ ।
अस्पतालमा तनहँुको शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिका सहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका बासिन्दा सेवा लिन आउँछन् ।
पच्चिस श्ययाको अस्पतालमा सवारी दुर्घटनाका घाइतेको अलावा झाडापखला, टाइफाइड, ज्वरो, ग्यास्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामी नियमित आउने गरेका छन् । यसबाहेक सो उपचार केन्द्रमा सुत्केरी गराउनेको सङ्ख्या पनि उल्लेख्य रहेको छ ।
दक्षिण एशियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले नै केही वर्ष अघि पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारा झरौटामा ७४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भइसकेको छ । रासस
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
