जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँ महानगरपालिका र नेपाली सेनाको सहकार्यमा वीरेन्द्र अस्पताल छाउनीबाट मिर्गौला रोगीको हेमोडाइलासिसको निःशुल्क सेवा शुरु भएको छ।
पहिलोपटक कामपा–१५ की ६४ वर्षीया चन्द्रदेवी महर्जनको हेमोडाइलासिस गरिएको हो। कामपा प्रमुख विद्यासुन्दर शाक्यले मंगलवार उपकरण सञ्चालन गर्दै सेवा शुरु गरेका हुन्।
यो सेवा सञ्चालन गर्न गएको पुस २ गते नेपाली सेना र कामपाबीच सहमतिपत्रमा हस्ताक्षर भएको थियो। सम्झौताबमोजिम आवश्यक मेसिन, भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि महानगरले नेपाली सेनालाई तीन करोड रुपैयाँ उपलब्ध गराउने छ।
थप उपकरण र जनशक्ति नपुगेसम्म अहिलेका लागि अस्पतालमा भएकै स्रोत साधनबाट एक सिफ्ट थप गरी प्रति दिन नौ देखि १२ बिरामीका लागि हेमोडाइलासिस सेवा दिइनेछ। त्यसलाई वृद्धि गर्दै भौतिक पूर्वाधारलगायतका स्रोत साधन थपेपछि सेवा थप विस्तार गर्दै लगिने अस्पतालले जानकारी गराएको छ ।
सम्झौताबमोजिम मिर्गौला बिरामीका लागि हेमोडाइलासिस सेवासँगै वीरेन्द्र अस्पतालले ज्येष्ठ नागरिकका लागि ओपीडी सेवा, आपतकालीन स्वास्थ्य सेवा बढाउँदै लग्नेछ। थप उपकरण र जनशक्तिको व्यवस्थापन हुनुअघि पहिलो चरणमा महानगरको वडाबाट विपन्नताको र जनस्वास्थ्य महाशाखाबाट उपचारको सिफारिस प्राप्त गरेका बिरामीलाई अस्पतालबाट हेमोडाइलासिस सेवा उपलब्ध हुनेछ।
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
