जनस्वास्थ्य सरोकार, काठमाडौँ । कुष्ठरोग निवारणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने अभियानलाई बेल्जियमका राजकुमारी अस्ट्रिडले साथ दिएकी छन् । एक साताका लागि नेपाल आएकी राजकुमारी अस्ट्रिडले डामिन फाउण्डेशनले आज यहाँ आयोजना गरेको कृष्ठरोग बारेको सेमिनारमा सहभागी भएकी हुन् ।
विश्व कुष्ठरोग दिवसको उपलक्षमा फाउण्डेशनले गरेको कार्यक्रममा सम्बन्धित विज्ञले कार्यपत्र प्रस्तुत गर्नुका साथै कृष्ठरोग निवारणका लागि भइरहेका प्रयासबारे जानकारी गराएकाम थिए। कार्यक्रममा कुष्ठ रोगबाट पीडित बुटवलकी शावित्रि श्रेष्ठ र छयरोगको समस्याको उपचाररत धनुसाका चन्द्रप्रकाश यादवले आफ्नो कथा व्यथा सुनाएका थिए । उक्त प्रस्तुतीलाई बेल्जियमका राजकुमारीले चासोपूर्वक लिएकी थिइन् ।
प्रोफेसर मधुसुधन सुवेदीले कुष्ठरोग निवारणसम्बन्धी नेपालको प्रगतिबारे कार्यपत्र प्रस्तुत गराका थिए । फाउण्डेशनका देशीय प्रतिनिधि डा सुशील कोइरालाले फाउण्डेशनले कुष्ठरोग र छयरोग निवारणसम्बन्धी जनचेतना अभिवृद्धिका साथै औषधि उपचारको लागि पहलकदमी गर्दै आएको जानकारी दिए । पाँच प्रदेशका १६ जिल्लामा यस्ता कार्यक्रम सञ्चालन भइरहेको उनले उल्लेख गरे ।
आगामी जनवरी ३० गते विश्व कुष्ठरोग दिवस मनाइँदैछ । विश्वमा हरेक दिन ६०० कुष्ठ रोगी पत्ता लागेको बताइन्छ । आधुनिक चिकित्सा विज्ञानले कुष्ठरोगीको उपचार गर्न सकिन्छ तर अझै पनि कुष्ठरोगी भएका समाजमा अपहेलित हुने गरेका छन् । नेपाललाई सन् २०२० सम्म पूर्ण रुपले कुष्ठ रोग निवारण देश बनाउने सरकारको लक्ष्य रहेको छ । रासस

प्रकाशित मिति: बुधबार, माघ ८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६