रुकुम पूर्व : जिल्ला अस्पतालमा औषधि अभाव भएको छ। जिल्ला अस्पतालमा सामान्य खालको औषधि पनि पाउन नसक्दा उपचारका लागि आउने बिरामी समस्यामा परेका छन्।
जिल्लाको सिस्ने गाउँपालिका ५ मा रहेको जिल्ला अस्पतालमा दैनिक ५० देखि ७० जनासम्म बिरामी आउने गर्छन् तर अस्पतालमा पुगेपछि आफूलाई आवश्यक औषधि नपाएर बिरामी निराश भएर निजी मेडिकलतिर धाउने गरेका छन्।
सतत्तरौँ जिल्लाका रुपमा नयाँ स्थापना भएको रुकुमपूर्वमा गत मंसिर ५ गते प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जिल्ला अस्पताल उद्घाटन गरेका थिए।। स्वास्थ्यसम्बन्धी सबै सेवा सुविधा जिल्लामै पाइने आशमा हर्षित भएका जिल्लावासी अहिले अस्पतालमा सामान्य औषधिसमेत नपाउँदा रित्तो हात फर्किन बाध्य परेका छन्। पुथाउत्तरगङ्गा गाउँपालिका– ७ की सुनिता पुनले जिल्ला अस्पतालबाट पाउनुपर्ने सेवा सुविधा नपाएको गुनासो पोखिन्।
अस्पतालमा औषधि अभाव भएपछि आएका बिरामीलाई जाँच गर्दै पठाउँदै गर्ने गरेको जिल्ला अस्पताल रुकुम पूर्वका प्रमुख डा. राजेन्द्र जिसीले बताए। स्वास्थ्यचौकीको भवनबाटै जिल्ला अस्पतालको सेवा प्रदान गरिरहेको र त्यसैमा पनि औषधि अभाव हुँदा बिरामीको उपचारमा समस्या भइरहेको उनको भनाइ छ।
अस्पातालमा ५० प्रतिशत औषधि अभाव रहेको डा. जिसीले बताए। ‘औषधि खरिदका लागि छुट्याइएको ३०\३२ लाख बजेट प्राविधिक गडबडीका कारण भवन निर्माणका लागि भनेर आएको थियो। ‘अहिले त्यो रकम निकासाका लागि शीर्षक सच्याएर आएको छु’, उनले भने, ‘तर त्यति रकमको औषधिले पनि पुग्दैन।’
स्वास्थ्यौकीमा पाइने खालका केही औषधि अस्पतालमा छन्, तर सुई, बच्चालाई खुवाउने झोल औषधि, सलामी चराउने बोतल लगायतका औषधि नभएको उनले बताए। त्यसैगरी आइरन, कोट्रिन र सिप्रो औषधि भने आवश्यकताभन्दा २५ प्रतिशत बढी स्टक रहेको उनको दाबी छ।
प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ

