चीनका राष्ट्रपति सी जिन्पिङले घातक कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन्।
चिनियाँ नववर्षका दिन बिदाको बेलामा आयोजित एउटा उच्चस्तरीय बैठकपछि उनले वरिष्ठ चिनियाँ अधिकारीहरूलाई देश "गम्भीर परिस्थिति" मा रहेको बताए। चीनको वुहानमा उक्त भाइरस फैलिएको पत्ता लागेपछि कम्तीमा ५६ जनाको मृत्यु भइसकेको छ भने झन्डै २,००० व्यक्ति सङ्क्रमित भएको पुष्टि भएको छ। अमेरिकाले वुहानस्थित आफ्नो कूटनीतिक नियोगका कर्मचारीलाई एउटा विशेष विमानबाट मङ्गलवार अन्यत्र लग्ने घोषणा गरेको छ। जोखिममा रहेका अन्य अमेरिकी नागरिकले पनि स्यान फ्र्यान्सिस्को जाने उक्त विमान चढ्न पाउने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। यूकेका अनुसन्धानकर्ताहरूले चीनले उक्त भाइरस नियन्त्रण गर्न नसक्ने सम्भावना भएको चेतावनी दिएका छन्। कोरोनाभाइरसको सङ्क्रमण फैलिएका चीनका विभिन्न सहरमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ। उक्त भाइरसको महामारी सुरु भएको वुहानका केही स्थानमा आइतवारदेखि निजी सवारीसाधनले प्रवेश गर्न पाउनेछैनन्। झन्डै १,३०० बिरामीलाई रेखदेख गर्न त्यहाँ दुई हप्तामा आपत्कालीन सेवा प्रदान गर्ने दोस्रो अस्पताल निर्माण गरिने सरकारी पत्रिका पीपल्स डेलीले जनाएको छ। यसअघि १,००० शय्याको एउटा अस्पताल निर्माण गर्ने काम सुरु भइसकेको छ। वुहान भएको हुबे प्रान्तमा सेनाले विशेष चिकित्सकीय टोलीहरू पठाइएको छ। गत महिना डिसेम्बरमा पहिलोचोटि देखिएपछि उक्त भाइरस नियन्त्रणबारे चीन र अन्यत्र व्यापक चासो व्यक्त भएको छ। चीनका विभिन्न सहरमा नववर्षका अवसरमा आयोजित कार्यक्रम स्थगित गरिएको छ। मुख्यभूमि चीनभरि यात्रुहरूलाई ज्वरो आए वा नआएको परीक्षण गरिएको छ भने केही सहरमा रेल स्टेशन बन्द गरिएको छ। हङ्कङमा सङ्कटकाल घोषणा गरिएको छ तथा विद्यालयमा बिदा लम्ब्याइएको छ। अन्य केही देशमा पनि कोरोनोभाइरसबाट सङ्क्रमण भएका बिरामी फेला परेका छन्। तीमध्ये केहीलाई छुट्टै राखेर उपचार भइरहेको बताइएको छ।कोरोनाभाइरस के हो?
कोरोनाभाइरस रुघाखोकी लगाउने भाइरसहरूको परिवारको एउटा सदस्य हो। तर अहिले फैलिएको यो भाइरस पहिला देखिएको थिएन। त्यसैले यो नयाँ भाइरसलाई 2019-nCov नामकरण गरिएकको छ।
भाइरस नियन्त्रणबारे के भन्छन् वैज्ञानिक?
यूकेस्थित एमआरसी सेन्टर फोर ग्लोबल इन्फेक्शस डिजीज अन्यालसिसमा कार्यरत वैज्ञानिकहरूले चीनले यो भाइरस नियन्त्रण गर्न नसक्ने सम्भावना भएको चेतावनी दिएका छन्। उनीहरूका अनुसार अहिले फैलिएको महामारीको रूप हेर्दा कोरोनाभाइरस मानवबाट मानवमा सरेको हुन सक्छ। प्रत्येक सङ्क्रमित व्यक्तिले सालाखाला २.५ जनालाई कोरोनाभाइरस सारिरहेको उनीहरूको आकलन छ। उक्त संस्थाले भाइरस नियन्त्रण गर्ने चीन सरकारको प्रयासको प्रशंसा गरेको छ। तर उसका अनुसार महामारी नियन्त्रण गर्न भाइरसको प्रसारण ६० प्रतिशतले घटाउन सक्नुपर्छ।
यो कहाँकहाँ फैलिएको छ?
अहिलेसम्म चीनमा १,३७२ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। तीमध्ये अधिकांश मानिस हुबे प्रान्तमा वा नजिकै बसोबास गर्छन्। यो भाइरस अन्यत्र पनि फैलिसकेको छ। तर प्रभावित व्यक्तिको सङ्ख्या कम छ। शनिवार अस्ट्रेलियाले चार जनामा कोरोनाभाइरस भएको पुष्टि गर्यो। तीमध्ये मेल्बर्नमा एक र सिड्नीमा तीन जना छन्।
प्रकाशित मिति: आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

