जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पहिलोपटक कोरोनाभाइरस परीक्षण सुरु भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले सोमबारदेखि कोरोना भाइरस परीक्षण सुरु गरिएको बताउनुभयो । संक्रामक रोगको परीक्षण गर्न सन् २०१४ मा वीएसएल थ्री ल्याब स्थापना गरेको थियो । कोरोना भाइरस आशंका गरी टेकु अस्पतालले तीनजनाको नमुना सो प्रयोगशालामा आइतबार पठाइसकेकोे छ । कोरोनाभाइरस परीक्षण शुल्क अहिलेसम्म तोकिएको छैन । तर आपतकालिन अवस्था भनेर नेपाल सरकारले परिक्षण शुल्क नलिने भएको छ । यसअघि शंकास्पद एक जना बिरामीको नमुना परीक्षण गर्न हङकङ पठाइएको थियो । उक्त परीक्षणबाट कोरोना पोजेटिभ देखिएपछि सरकारले उच्च सर्तकता अपनाइरहेको छ ।
प्रकाशित मिति: सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
