
महोत्तरी : रामगोपालपुर नगरपालिका–७ सहसौलामा रहेको स्वास्थ्य चौकीमा लामो समयदेखि शौचालय छैन। स्वास्थ्यचौकीमा खानेपानीसमेत अभाव छ।
शौचालय र खानेपानी नहुँदा कर्मचारी तथा उपचारका लागि आउने बिरामीलाई समस्या भएको स्वास्थ्य चौकीका प्रमुख अहेब लक्ष्मण महतोले बताए।
स्वास्थ्य चौकीमा तीन पुरुष र एक महिला कर्मचारी कार्यरत छन्। पुरुष शौचका लागि वरपर खुला स्थानमा जाने र महिला कर्मचारीलाई अरूको घरको सहारा लिनुपर्ने बाध्यता रहेको उनले बताए।
समस्याबारे पटकपटक रामगोपालपुर नगरपालिकाका प्रमुख अशोक मण्डल र वडाध्यक्ष शम्भु साहलाई आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको महताेकाे गुनासो छ।
नगरप्रमुख मण्डलले भने बजेट अभावका कारण स्वास्थ्य चौकीमा तत्काल शौचालय र खानेपानीको व्यवस्था गर्न नसक्ने बताए। तर समस्या चाँडै समाधान गर्ने उनकाे भनाइ छ।
प्रकाशित मिति: सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
