नेभिगेशन

के चीनले ६ दिनमा बनाउला त १ हजार शैय्याको अस्पताल ? कस्तो छ तयारी ?

चीनको वुहान शहर यतिबेला खरनाक कोरोनाभाइरससँग लडिरहेको छ । हालसम्म भाइरसको संक्रमणबाट १ सय ६ जनाको मृत्यु भइसकेको भने झण्डै ५ हजार भन्दा बढी मानिसहरु संक्रमित भएका छन् । शहरका अस्पतालहरु भरिभराउ छन् । कोरोनाभाइरस संक्रमण चीन बाहेक अन्य देशमा समेत देखिएको छ । अन्य देशमा संक्रमितको मृत्यु भएको रिपोर्ट अहिले सम्म आएको छैन । हालसम्म नेपाल, थाइल्यान्ड, जापान, अमेरिका, ताइवान, भियतनाम, सिंगापुर, मलेशिया, फ्रान्स क्यानडा र अष्ट्रेलियामा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । यसैबिच चीनले ६ दिनमा १ हजार शैय्या क्षमताको अस्पताल बनाउन लागिरहेको चिनका सरकारी मिडियाले दावा गरेको छ । सरकारी मिडियाले यसको भिडियो सार्वजनिक गरेको छ । ३ फेब्रअरीसम्म अस्पताल तयार हुने अधिकारीहरुले बताएका छन् । यो अस्पताल सन् २००३ मा सार्स भाइरसको संक्रमण फैलिएको बेला चीनले बेइजिङमा ७ दिन भित्रमा बनाएको अस्पताल जस्तै हुने छ । अस्पताल प्रीफ्याब्रिकेटेड मटेरियल्सबाट निर्माण हुने छ । काउन्सिल अन फरन रिलेसनका सिनियन फेल्लो यानजोङ्ग हुवाङ्ग भन्छन्—‘यस्ता किसिमको बिल्डिङ बनाउन चीन माहिर छ । यसअघि पनि चीनले विश्व किर्तिमानी कायम गरिसकेको छ ।’ उनका भनाइ अनुसार समयमै काम पुरा गर्न कैयौँ देशबाट इन्जिनियरहरु बोलाइएको छ । वुहान शहरमा औषधि अभाव नहुने हुवाङ्गको दाबी छ । चीनको अखबार ग्लोबल टाइम्सले बताएअनुसार पिपल्स लिब्रेसन आर्मीका १ सय ५० जना स्वास्थ्यकर्मीहरु वुहान शहर आइसकेका छन् । बेइजिङ शहरमा सन् २००३ मा सार्स भाइसरको संक्रमण फैलिएपछि ७ दिन भित्रमा अस्पताल तयार गरिएको थियो । ४ हजार श्रमिकलाई काममा लगाइएको थियो । उनीहरुले दिनरात नभनी काममा जुटेका थिए । अस्पतालमा आइसियु, सिटीस्क्यान, एक्सरे, अत्याधुनिक ल्याव सबै निर्माण गरिएको थियो । दुइ महिनाको अवधिमा देशभरका बिरामीहरुलाई अस्पताल ल्याइएको थियो ।चीनमा कोरोनाभाइसको संक्रमण फैलिन नदिन कैयौँ धार्मिकस्थल बन्द गरिएको छ । फर्बिडन सिटी र ग्रेटवाल पनि बन्द गरिएको छ । यतिबेला चीनमा नयाँ वर्षको समय भएकाले छुट्टी मनाउन लाखौँ मानिसहरु आफ्नो घर फर्किने तयारी गरिरहेका छन् । त्यसैले पनि सरकारले उच्च सतर्कता अपनाइरहेको छ । वुहान शहरलाई पुर्णरुपमा बन्द गरिदिएको छ । त्यहाँका हवाई र रेलसेवा समेत बन्द छ । एजेन्सी
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट