नयाँ कोरोना भाइरसबाट मुत्यु हुनेको संख्या १३२ पुगेको छ । बुधबार विहानसम्म भाइरसबाट निमोनियाको संक्रमणमा पर्नेको संख्या ५ हजार ९७४ पुगेको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।
उनीहरुले भनेका छन्, सन् २००२-०३ मा देखिएको सार्स रोगको महामारी भन्दा नयाँ कोरोना भाइरसको संक्रमण झनै खतरापूर्ण रुपमा अघि बढेको छ । त्यसबेला सार्सले विश्वभर ६०० जनाको ज्यान लिएको थियो । सो रोगबाट ९ महिनाको अवधीमा चीनमा ३४९ जनाको मृत्यु भएको थियो ।
चिनियाँ सरकारी अधिकारीहरुले नयाँ कोरोना भाइरसको शुरुवात भएको हुवे प्रान्तमा मात्रै ८४० वटा नयाँ केश भेटिएको पुष्टी गरेका छन् । उनीहरुले यो भाइरसबाट भएको कुल मृत्युमध्ये १२५ जना हुवे प्रान्तकै भएको बताएका छन् ।
अहिले त्यस प्रान्तका ३ हजार ३ सय बढी संक्रमित विरामी अस्पतालमा भर्ना भएको र ५९ हजार ९९० हजार बढीलाई अव्जरभेसनमा राखिएको उल्लेख सरकारी तथ्यांकमा उल्लेख छ ।
सरकारी अधिकारीहरुले नयाँ कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढेको बताएका छन् । उनीहरुले यसबाट प्रभावित हुनेहरु बढी जसो ६० बर्ष माथिका भएको समेत जानकारी दिएका छन् ।
यसैबीच नयाँ कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुवे प्रान्तको वुहान शहरका लागि तरकारीको राजधानी मानिने सान्दुहाङ प्रान्तले ३५० टन तरकारी तथा फलफुल डोनेसन गरेको छ । उसले अझै केही दिन दैनिक ६ सय टन फलफुल तथा सागपात डोनेसन गर्ने जनाएको छ ।
वुहान शहरमा अहिले रोग फैलिन नदिन सारा बजार बन्द जस्तै गरिएको छ । त्यसले त्यहाँका दैनिक बासिन्दाको जनजीवन कष्टकर बनेको बताइएको छ ।एजेन्सी
प्रकाशित मिति: बुधबार, माघ १५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
