कलङ्कीस्थित नेपाल नेशनल अस्पतालमा 'बाथरोग सेन्टर' सञ्चालनमा ल्याइएको छ । नेशनल बाथ रोग सेन्टर रातोपुलको सहकार्यमा बाथरोग सेन्टर शुभारम्भ गरिएको हो । प्रदेशसभा सदस्य केशव पोखरेलले नवनिर्मित सेन्टरको उत्घाटन गर्नुभएको थियो । उहाँले निजी क्षेत्रले नेपालको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको उच्च प्रशंसा समेत गर्नुभयो ।अस्पतालका अध्यक्ष रामचन्द्र शर्माले गुणस्तरीय सेवा दिन अस्पताल प्रतिबद्ध रहेको बताउनुभयो । अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रकाश पौडेलले देशभर ३० लाखभन्दा बढी व्यक्ति बाथरोगबाट पीडित भएको बताउँदै बाथका रोगीलाई सहज उपचार गराउन अस्पतालले बाथरोग सेन्टरको स्थापना गरिएको जानकारी दिनुभयो । वरिष्ठ बाथरोग विशेषज्ञ डा. विनित वैद्यले नेपालमा बर्सेनि बाथरोगका बिरामी बढ्दै गएकाले यसको उपचारका लागि उक्त सेन्टर स्थापना गर्नुपरेको उल्लेख गर्नुभयो ।
प्रकाशित मिति: बुधबार, माघ १५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
