जुम्ला १५ माघ । ‘स्तन क्यान्सर’ले छट्पटिएकी तातोपानी गाउँपालिका–२ जुम्ला जर्मीगाउँकी ६५ वर्षीया पुम्फा दमाईको उपचारको बाटो खुलेको छ । आर्थिक अवस्था कमजोर भएको कारणले उपचारबाट बन्चित भएको खबर सार्वजनिक भएपछि नै उनको उपचारको बाटो खुलेको हो ।
समाचार सार्वजनिक भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले उनलाई लिन घरसम्म एम्बुलेन्स पठायो । प्रतिष्ठानका डा सूर्यमान लिम्बूले उनको प्रारम्भिक जाँच गरे र थप उपचारका लागि भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल रिफर गरे ।
“उहाँमा क्यान्सर हो कि होइन ? त्यसको निश्चित गर्न मासु झिकेर हेर्नुपर्ने (बायप्सी गर्नुपर्ने) हुन्छ । त्यो यहाँ छैन । त्यसैले भरतपुर रिफर गरेको हो । डा लिम्बूले अगाडी थपे, “यद्यपि छ महिनासम्म घाउ निको नभए क्यान्सर हुने नै प्रबल सम्भावना हुन्छ ।” बायाँ छातीको स्तनको बिग्रँदो अवस्थालाई हेर्दा क्यान्सरको सङ्केत गरेको समेत उनले जानकारी दिए ।
प्रतिष्ठानले भरतपुर जान पुम्फा र एक जना सहयोगीको लागि हवाई भाडा समेत उपलव्ध गराएको रजिष्ट्रार विश्वराज काफ्लेले बताए ।
प्रतिष्ठानले मात्रै होइन । उनको उपचारका लागि जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रजिअ दुर्गा बञ्जाडेले रु पाँच हजार सहयोग गरेकी छन् । त्यस्तै भारतमा काम गरिरहेका नरी परियारले प्रवासबाट पुम्फाको उपचारका लागि रु २० हजार नगद सहयोग गरेको पुम्फाका आफन्त सागर परियारले जानकारी दिए ।
उनका अनुसार जुम्ली सेवा समाज काठमाडौँले रु नौ हजार ४६०, काञ्जिरोवा होटल जुम्लाका प्रोपाइटर नुर्व लामाले रु पाँच हजार, तातोपानी गाउँपालिका–२ जुम्ला निवासी सरस्वती बमले रु दुई हजार र देपालगाउ जुम्लाका उमा क्षेत्रीले रु एक हजार पुम्फाको उपचारका लागि नगद सहयोग गरेका छन् ।
“विभिन्न क्षेत्रबाट आजसम्म करीब रु ५० हजार नगद सहयोग भएको छ । अब उहाँलाई आजै अपराह्न २ बजे तल झारिनेछ”, परियारले भने, “क्यान्सर अस्पताल भरतपुरले पनि पुम्फालाई निःशुल्क उपचार दिने विश्वास दिएको छ ।”
यता भरतपुर क्यान्सर अस्पताल चितवनका डा तोसीमा कार्कीले जतिसक्दो सहज ढंगले पुम्फाको उपचार प्रक्रिया अघि बढाउने बताइन । उनले भनिन्, ‘पहिले त उहाँ आइपुग्नु पर्यो । त्यसपछि उहाँको घाउ परीक्षण गर्छौ, त्यसपछि आवश्यकता अनुसार किमो, रेडियो थेरापी अघि बढाउँछौँ ।’ रासस

प्रकाशित मिति: बुधबार, माघ १५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६