जनस्वास्थ्य सरोकार, बुटवल । बुटवलमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको छ । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले रामनगरमा प्रयोगशाला स्थापना गरेको हो ।
बिहीबार सामाजिक विकासमन्त्री सुदर्शन बरालले शुभारम्भ गर्दै मन्त्रालयले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिनुभयो । मन्त्रालयका सचिव डा. गोपीकृष्ण खनालले तीन तहका सरकार मिलेर स्वास्थ्य सेवालाई एकीकृत ढङ्गले लैजान आवश्यक रहेको बताउनुभयो ।
प्रयोगशाला कार्यालयका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले कार्यालयमा अहिले १२ जनाको दरबन्दी रहेको जानकारी दिँदै प्रयोगशालाको लागि नमूना लिन शुरु गरिने बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
