जनस्वास्थ्य सरोकार, काठमाडौँ। कुष्ठरोगको सामान्य सङ्केत देखिनासाथ समयमै उपचार नगर्दा धेरैको अङ्गभङ्ग भएको छ । किटाणु शरीरमा प्रवेश गरेपछि पनि उपचार शुरु नगर्दा रोगले हातखुट्टालगायतका अङ्ग नै काम नगर्ने अवस्थामा पुग्ने यस क्षेत्रमा कार्यरत बताउँछन् । अस्पतालमा कार्यरत कुष्ठरोग विशेषज्ञ डा महेश साहका अनुसार रोगप्रतिको गलत धारणा विस्तारै कम भए पनि पूरै हट्न सकेको छैन । सामाजिकरुपमा विभेदमा परिने वा धर्मसँग जोडेर हेर्ने हुँदा बिरामी समयमा उपचारका लागि स्वास्थ्य संस्था नपुग्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसैले पनि सबैभन्दा राम्रो समयमै उपचार शुरु गरेर अङ्गभङ्ग हुनबाट जोगाउने नै हो ।” कुष्ठरोग लाग्नासाथ अधिकांशमा शुरुमा रातो वा फुस्रो रंगको दाग र गिर्खा देखिनेलगायत लक्षण देखिए पनि थोरैमा यो लक्षण नदेखिँदा कतिपय अझै ढिलो मात्रै उपचारका लागि पुग्ने लेलेस्थित आनन्दवन अस्पतालले जनाएको छ । कुष्ठरोगको उपचारका लागि अस्पताल आउने बिरामीमध्ये झण्डै १० प्रतिशतमा दाग नदेखिने गरेको डा साहले बताउनुभयो । उहाँका अनुसार रोगको किटाणु शरीरमा प्रवेश गरेरसमेत दाग नदेखिनु चुनौतीका रुपमा रहेको छ । उहाँले भन्नुभयो, “यसले गर्दा किटाणु फैलिएर बिरामीको अङ्गभङ्ग भएपछि मात्रै बिरामी उपचारका लागि आइपुग्छन् ।” कुष्ठरोगको किटाणु शरीरमा प्रवेश गरेपछि दाग देखिनेसँगै अनुहारको छाला र कानको लोती बाक्लो र चम्किलो देखिने, आँखीभौँ पहिले पातलो हुँदै झर्न थाल्ने अस्पतालले बताएको छ । बिरामीमा बिस्तारै हात वा खुट्टा लत्रने, शरीरमा नदुख्ने घाउ देखापर्ने हुँदै अन्तमा बिरामी सामान्य कामसमेत गर्न नसक्ने हुन्छन् । सरकारले यो रोग निवारणको घोषणा गरेको नौ वर्ष बितिसक्दा गत वर्ष रोगको प्रकोप शून्य दशमलव ९९ प्रतिशत थियो । वर्षेनी कुष्ठरोगका तीन हजार नयाँ बिरामी फेला परिरहेका छन् । रोग निवारण भइसकेको भन्दै सरकार र गैरसरकारी संस्थाले भने यस क्षेत्रमा लगानी कम गर्दै गएका छन् । हावाबाट सर्ने रोग भएपनि रोगको किटाणु शरीरमा प्रवेश गर्दा ९५ प्रतिशतलाई रोग प्रतिरोधी क्षमताले काम गर्ने हुँदा बाँकी पाँच प्रतिशतलाई मात्रै रोग सर्न सक्छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

