जनस्वास्थ्य सरोकार, दाङ। नेपाल नेत्रज्योति सङ्घ दाङअन्तर्गत सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रले गत एक वर्षमा दुई लाख ४३ हजार ९०४ जनालाई आँखा उपचार सेवा प्रदान गरेको जनाएको छ । सन् २०१९ को जनवरीदेखि डिसेम्वरसम्म अस्पताल तथा उपचार केन्द्रले सो सेवा प्रदान गरिएको राप्ती आँखा अस्पतालले जनाएको छ । त्यस्तै निःशुल्क आँखा शिविर, बाह्य कार्यक्रमअन्तर्गत सन् २०१९ मा ४९ हजार ९०० जना आँखाका बिरामीलाई निःशुल्क उपचार सेवा प्रदान गरिएको राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिनुभयो । अस्पतालले सन् २०१९ मा १३ हजार २८६ जनाको आँखामा लागेको मोतियाबिन्दुको शल्यक्रिया गरी उज्यालो प्रदान गरेको छ । दुई हजार ३९२ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको थापाले जानकारी दिनुभयो । दातृ निकाय, स्थानीय निकाय नेपाल सरकारको सहयोगमा आर्थिक अभावका कारण उपचार सेवा पाउन नसकेका मोतियाबिन्दुका बिरामीलाई निःशुल्क शल्यक्रिया गरी उज्यालो प्रदान गरेको वरिष्ठ प्रशासकीय अधिकृत थापाले जानकारी दिनुभयो । अस्पतालले सन् २०१९ मा दुई हजार ५०५ जनाको सामान्य आँखाको शल्यक्रिया गरिएकोे छ । अस्पतालले २० वटा स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गरी नौ हजार ५६५ बिरामीको जाँच गरिएको छ । त्यस्तै अस्पतालले सन् २०१९ मा हेल्थपोष्ट तथा सब हेल्थपोष्टका इञ्चार्ज, महिला स्वास्थ्य स्वयंसेविका, आमासमूह औषधि बिक्रेता, धाँमीझाँक्री, नर्सिङ विद्यार्थी, जनप्रतिनिधि, शिक्षक र सञ्चारकर्मी गरी ४२५ जनालाई प्राथामिक आँखा स्वास्थ्य शिक्षा तालिम दिइएको छ । “समाजका सबै सरोकारवालालाई आँखा स्वास्थ्यसम्बन्धी जानकारी दिन प्रथामिक आँखा स्वास्थ्य शिक्षा तालिम दिने गरेका छौँ । यसले गर्दा आँखामा समस्या देखियो भने अस्पताल जानुपर्छ भन्ने सचेतना दिएको छ”, वरिष्ठ प्रशासकीय अधिकृत थापाले भन्नुभयो । अस्पतालले २५ वटा स्कुलमा आँखा जाँच कार्यक्रम सञ्चालन गरी १५ हजार ९९ जना विद्यार्थीको आँखा जाँच गरिएको र चस्मा लगाउनुपर्ने ६३७ जना विद्यार्थीलाई निःशुल्क चस्मा वितरण गरिएको अस्पतालले जनाएको छ । –––
प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

