चीनमा नयाँ कोरोना भाइरसबाट मृत्युहुनेको संख्या ३०४ पुगेको छ । चीनको स्वास्थ्य आयोगका अनुसार शनिबार २ हजार ५९० जनामा नयाँ संक्रमण भएको बताइएको छ ।
आयोगले अहिलेसम्म चीनका सबै प्रान्तमा गरी १४ हजार ३८० जनामा नयाँ कोरोना भाइरसको संक्रमण भएको बताएको छ । सो मध्ये १ हजार ९२१ वटा नयाँ केश कोरोना भाइरसको उदगमस्थल हुवे प्रान्तकै भएको उसले स्पष्ट पारेको छ । शनिबारसम्म १ हजार ११८ केश गम्भीर र ४४४ केश अति गम्भीर रहेको पाइएको बताएको छ ।
यता चिनियाँ अनुसन्धानकर्ताहरुले हुवे प्रान्तमा मात्रै ७५ हजार बढीमा इन्फेक्सन भएको अनुमान गरेका छन् ।
चीनमा संक्रमण र मृत्युहुने दर गुणात्मक रुपमा बढदै गएपछि विभिन्न मुलुकहरुले आफ्ना नागरिकलाई सुरक्षित रुपमा स्वदेश फर्काउने अभियान शुरु गरेका छन् ।
अमेरिका, युरोपियन युनियन, अष्टेलिया, सिंगापूर लगायतका मुलुकले चिनियाँ नागरिकलाई आफ्नो देशमा प्रवेश निषेध गरेका छन् । ती देशहरुले अन्य देशका नागरिकलाई पनि यदि पछिल्लो समय चीन गएको रहेछ भने प्रवेश निषेध गरिएको जनाएका छन् ।
यता विश्व स्वास्थ्य संगठनले भाइरसको प्रकोप अन्य मुलुकमा पनि देखिने क्रम बढदै गएको भन्दै गत विहीबारबाट ग्लोबल हेल्थ इमरजेन्सी लागू गरेको छ । एजेन्सी
प्रकाशित मिति: आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

