काठमाडौं । चीनको बेइजिङस्थित नेपाली दूतावासले हुबेइ प्रान्तबाट नेपाल फर्कन चाहने नेपाली विद्यार्थीको नामावली सार्वजनिक गरेको छ । दूतावासले नेपाल फर्कन चाहने विद्यार्थीका लागि सरकारले चार्टर्ड विमानको व्यवस्था गर्ने जानकारी दिँदै आवेदन दिन आह्वान गरेको थियो ।
दूतावासले शनिबार नेपाल फर्किन चाहने विद्यार्थीलाई विवरण पेस गर्न आह्वान गरेको थियो । दूतावासको आह्वानपछि कोरोनाभाइरसको संक्रमणका कारण आवागमन बन्द भएका हुबेइ प्रान्तमा अध्ययनरत १८० विद्यार्थीले स्वदेश फर्किन इच्छा देखाएका छन् ।
साथै दूतावासले नाम छुटेको भए दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ । सार्वजनिक सूचिमा आफ्नो नाम नभए विवरणसहित दूतावासको इमेल ठेगाना [email protected] मा इमेल पठाउन सम्बन्धित सबैमा दूतावासले आग्रह गरेको छ।
हुबेइ प्रान्तबाट नेपाल फर्किन इच्छुक नेपालीहरुको अद्यावधिक सूची
प्रकाशित मिति: आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
