- सवा अर्ब जनसंख्या भएको चीनमा ३५० जनाको मृत्यु हुनु कम क्षति हो | कोरोना संक्रमणबाट मृत्यु भएका अधिकांश व्यक्ति बुढाबुढी, क्यान्सरजस्ता दीर्घ रोग लागेका तथा रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति छन् |
- कोरोना संक्रमणबाट अस्पताल भर्ना भएका बिरामीहरु सन्चो हुँदै फर्किने क्रम जारी छ |
- कोरोना भाइरस कमजोर खालको भाइरस प्रमाणित भएको छ | यसको मृत्यु डर १- २ % मात्र छ |
- यसको औषधि तथा खोपको लागि अनुसन्धान भइरहेको छ |
- यो भाइरस गर्मी सुरु भएपछि नियन्त्रण हुने चीनको विश्वास छ |
- कोरोना भाइरसको कारण सयौंको मृत्यु भयो, हजारौं संक्रमित भए तर करोडौं व्यक्तिहरु चिन्ताग्रस्त छन् |
- कोरोनाले भन्दा कोरोनाको कारण भइरहेको चिन्ता, तनाब, असुरक्षा महशुष जस्ता मानसिक असरले दीर्घरोगी वृद्धि हुने तथा मृतकको संख्या बढ्ने देखिएको छ |
- हामीकहाँ पाइने मास्कले कोरोनाको संक्रमण रोक्दैनन् | कोरोना भाइरस टाउको, मास्कको बाहिरी भाग, कपडा, झोला, जुत्ता, हात आदि हुँदै घरघरमा फैलिन सक्छ |
- हाम्रा केहि बानीको कारण कोरोना संक्रमणको जोखिम उच्च छ | मान्छेतिर फर्केर खोक्ने, हाच्छ्यु गर्ने, औंलालाई मुख – नाक – आँखा – कानतिर लैजाने, हात नधोइ कानेकुरा समाउने – खाने आदि |
- कोरोना संक्रमणबाट बच्ने एउटा उपाय छ, त्यो हो – खल्तीमा, ब्यागमा ह्याण्ड स्यानिटाइजर वा अल्कोहल कन्टेन्ट स्यानिटाइजर राख्ने, त्यसले पटक पटक हात सफा गर्ने | साबुन पानीले हात धोएर मात्र खाना खाने |
डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
डाक्टर सल्लाह
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
