
बेइजिङ । चीनमा नयाँ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६१ पुगेको छ । चिनियाँ स्वास्थ्य आयोगका अनुसार आइतबार बेलुकासम्म १७ हजार २०५ जनामा संक्रमण भएको पुष्टि भएको छ ।
आयोगले आइतबार मात्रै ५७ जनाको मृत्यु भएको र २ हजार ८२९ जनामा नयाँ संक्रमण देखिएको बताएको छ । यो संख्या शनिबारको तुलनामा केही बढी हो । शनिबार ४५ जनाको मृत्यु भएको थियो भने २ हजार ५९० जनामा नयाँ केश देखिएको थियो ।
आइतबार मृत्यु हुनेमा ५६ जना हुवे प्रान्तका हुन् भने एक जना चोङक्वीङ प्रान्तको हो । हुवे प्रान्तमा आइतबार २ हजार १०३ जनामा संक्रमण भेटिएको थियो । जसमध्ये ५६ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । यो प्रान्तमा शनिबार १ हजार ९२१ जना नयाँ संक्रमण र ४५ जनाको मृत्यु भएको थियो ।
चीन बाहिर करीब दुई दर्जन देशमा आइतबार बेलुकासम्म १७१ जनामा संक्रमण भएको अधिकारीहरुले पुष्टि गरेका छन् ।
संक्रमण र मृत्युको दर बढदैजाँदा स्थिति विश्वव्यापी रुपमा भयावह बन्दै गईरहेको छ । विश्व स्वास्थ्य संगठनले ग्लोबल हेल्थ इमरजेन्सी लागू गरेको छ । एजेन्सी
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
