कोरोनाभाइरसविरुद्धको सङ्घर्ष चिकित्सकहरूका लागि अनिश्चिततातर्फको यात्रा भइरहेको छ । यो भाइरसले शरीरमा कसरी आक्रमण गर्छ ? यसका लक्षणहरू के हुन् ? सबैभन्दा गम्भीर रूपमा बिरामी पर्ने वा ज्यान नै गुमाउन सक्ने जोखिममा को हुन्छ ? यसको उपचार कसरी हुन्छ ? महामारीको सबैभन्दा ठूलो मार झेलिरहेको चीनको वुहानस्थित एउटा अस्पतालले यसबारे उत्तर दिन थालेको छ । त्यहाँ उपचार गरिएका सुरुका ९९ बिरामीको विस्तृत समीक्षा लान्सिट मेडिकल जर्नलमा प्रकाशित भएको छ । ती सबै ९९ बिरामीलाई अस्पताल लगिँदा निमोनियाको सङ्क्रमण देखिएको थियो ।
विरामीका कस्ता देखिएका थिए लक्षण ?
८२ जनालाई ज्वरो आएको थियो
८१ जनालाई रुघाखोकी लागेको थियो
३१ जनाको श्वासप्रश्वासमा समस्या भएको थियो
११ जनालाई मांसपेशी दुस्ख्ने समस्या थियो
९ जनामा मिश्रित समस्या देखिएको थियो
८ जनालाई टाउको दुस्खेको थियो
५ जनाको घाँटीमा सङ्क्रमण भएको थियो
पहिला ज्यान गुमाउने दुई बिरामी लामो समयदेखि धूमपान गर्ने व्यक्ति भए पनि झट्ट हेर्दा सामान्य देखिन्थे । तर चुरोटले उनीहरूको फोक्सो कमजोर बनाएको हुन सक्छ।तीमध्ये ६१ वर्षीय पुरुषलाई अस्पताल ल्याइँदा गम्भीर अवस्थाको निमोनिया भएको थियो । उनको फोक्सोले शरीरमा पर्याप्त अक्सिजन प्रवाह गर्न सकेको थिएन ।
भेन्टिलेटरमा राख्दा पनि उनको फोक्सोले काम गर्न सकेन र उनले सास फेर्न छाडे । अस्पताल भर्ना भएको ११ दिनपछि उनको मृत्यु भयो । अर्का बिरामी ६९ वर्षीय पुरुष थिए । उनलाई सास फेर्न गाह्रो भएको थियो । उनलाई एउटा कृत्रिम फोक्सोको सहायतामा राखियो। गम्भीर निमोनिया र शरीरभरि सङ्क्रमण फैलिएपछि रक्तचाप ह्वात्तै घट्यो र उनको मृत्यु भयो ।
विरामीमध्ये कम्तीमा १० प्रतिशतको मृत्यु भएको छ । जनवरी २५ सम्ममा ती ९९ बिरामीमध्ये ५७ जना अझै अस्पतालमा छन् । ३१ जना घर फर्किए भने ११ जनाको मृत्यु भएको छ । त्यसको अर्थ यस रोगको मृत्युदर ११ प्रतिशत हो भन्ने चाहिँ होइन । अस्पतालमा भएका केहीको अझै ज्यान जान सक्छ भने सामान्य लक्षण देखिएका धेरै मानिस अस्पताल नै नआएका पनि हुन सक्छन् ।
बजारसँग सम्बन्ध
यो नयाँ भाइरसलाई द्दण्ज्ञढ(लऋयख् नामकरण गरिएको छ । ह्वानेनस्थित एउटा समुद्री खाद्यपदार्थ बजारमा जिउँदै बेच्न राखिएका जीवबाट उक्त भाइरस फैलिएको अनुमान छ । सङ्क्रमण भएको पहिला पुष्टि भएका ९९ जनामध्ये ४९ जनाको उक्त बजारसँग प्रत्यक्ष सम्बन्ध थियो । दुई जना सामान किन्न गएका ग्राहक थिए भने ४७ जना त्यहीँ काम गर्थे।
अधबैँसे बढी प्रभावित
ती ९९ बिरामीमध्ये धेरैजसो अधबैँसे थिए । उनीहरूको औसत आयु ५६ थियो र ६७ जना पुरुष थिए । यद्यपि द चाइना सेन्ट्रर्स फर डीजिज कन्ट्रोल एन्ड प्रिभेन्शनले प्रकाशित गरेको एउटा विवरणले १.२ पुरुष प्रभावित हुँदा १ महिला प्रभावित हुने देखाएको छ । ती ९९ जनामध्ये धेरै जना पहिले नै अन्य केही रोगबाट पीडित थिए। त्यसैले कमजोर प्रतिरक्षा प्रणालीका भएको हुनाले भाइरसको सङ्क्रमण भएको हुन सक्छ। ४० जनाको मुटु कमजोर थियो वा रक्तनलीहरू बिग्रिएका थिए। उनीहरू हृदयरोग र स्ट्रोकजस्ता समस्याबाट पीडित थिए । १२ जनामा मधुमेह थियो । पुरुषहरू सबैभन्दा बढी प्रभावित हुन सक्छन् । त्यसैले उनीहरूलाई अस्पतालमा उपचार गरिनुपर्छ । सामाजिक र सांस्कृतिक कारणले गर्दा प्रकोपको आरम्भमा पुरुषहरू भाइरसको सङ्क्रमणमा धेरै परेका हुन सक्छन् ।
बीबीसीबाट
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
