जनस्वास्थ्य सरोकार, कैलाली । सुदूरपश्चिम प्रदेशका सात जिल्लामा स्वास्थ्य बीमितको सङ्ख्या हालसम्म साढे दुई लाख पुगेको छ । विसं २०७२ चैत २५ गतेदेखि कैलालीमा पहिलोपटक स्वास्थ्य बीमा कार्यक्रम शुरुआत भएको थियो । डोटी र डडेल्धुरा जिल्लाबाहेक बीमितको सो सङ्ख्या पुगेको जनाइएको छ । स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेशका प्रदेश संयोजक जनक साउदले सुदूरपश्चिम प्रदेशमा बीमितको सङ्ख्या दुई लाख ५३ हजार ६२० पुगेको जानकारी दिनुभयो । सोमबार धनगढीमा आयोजित स्वास्थ्य बीमा अभिमुखीकरण कार्यक्रममा उहाँले डोटी र डडेल्धुरामा फागुन पहिलो साताबाट कार्यक्रम कार्यान्वयनमा आउने जानकारी दिनुभयो । सात जिल्लामध्ये कैलालीमा सबैभन्दा बढी एक लाख ३९ हजार ८२० र सबैभन्दा कम दार्जुलामा छ हजार बीमित रहेका छन् । बझाङ ३० हजार ४५०, अछाम २७ हजार, बाजुरा २६ हजार ६५०, बैतडीम १३ हजार र कञ्चनपुरमा १० हजार ७०० बीमित सङ्ख्या रहेको कार्यक्रममा जानकारी दिइयो । तीन प्रादेशिक अस्पताल, आठ जिल्ला अस्पताल, एक सामुदायिक अस्पताल, चार निजी अस्पताल र १४ प्राथमिक स्वास्थ्य केन्द्र गरी प्रदेशमा जम्मा ३१ स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा कार्यक्रमलाई लागू गरी सेवा दिइँदै आएका छन् । देशका ५० जिल्लामा कार्यान्वयनमा आइसकेको स्वास्थ्य सो कार्यक्रम चालू आर्थिक वर्ष २०७६÷७७ भित्रमा ७७ वटै जिल्लामा कार्यान्वयन गर्ने सरकारको लक्ष्य रहेको छ । त्यसैगरी सन् २०२० सम्ममा बीमितको सङ्ख्या ५० प्रतिशत र सन् २०३० सम्ममा १०० प्रतिशत पु¥याउने लक्ष्य छ । स्वास्थ्य बीमा नियमावली, २०७५ अनुसार अति गरीबको परिचयपत्र प्राप्त परिवार, अतिअशक्त अपाङ्गता (रातो कार्ड), कुष्ठरोगी, एचआइभी सङ्क्रमित, जटिल खालका क्षयरोगी (एमडिआरटिबी) बिरामी भएका परिवारको योगदान रकमको शतप्रतिशत छुट र महिला स्वास्थ्य स्वयंसेविका संलग्न भएको परिवारको योगदान रकमको ५० प्रतिशत छुट दिइने व्यवस्था स्वास्थ्य बीमा कार्यक्रममा रहेको छ । त्यस्तै कडा प्रकारका रोग (अर्बुदरोग, मुटुरोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया र अल्जाइमर) मा नदोहिरिने गरी थप रु एक लाखको सेवासुविधा दिने व्यवस्था छ ।
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ

