चीनमा नयाँ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४२५ पुगेको छ । भाइरसको संक्रमणमा पर्नेको संख्या सोमबारसम्म २० हजार ४३८ पुगेको चीनको स्वास्थ्य आयोगले जनाएको छ । चीन बाहिर हङकङ र फिलिपिन्समा थप एक एक जनाको मृत्यु भईसकेको छ । सो सहित कोरोना भाइरसबाट मृत्यु हुनेकोसंख्या ४२७ पुगेको छ । आयोगका अनुसार चीनमा सोमबारमात्रै ६४ जनाको मृत्यु भएको छ भने ३ हजार २३५ नयाँ संक्रमण देखिएको छ । आयोगका अनुसार सोमबार मध्यरातसम्म हुवेइ प्रान्तमा मात्रै २ हजार ३४५ जनामा नयाँ संक्रमण भेटिएको छ । त्यसमध्ये १ हजार २४२ वुहान शहरमा भेटिएको हो ।
हंङकङमा एकको मृत्यु
नयाँ कोरोना भाइरसबाट हंङकङमा एक जना ३९ बर्षिय पुरुषको मृत्यु भएको छ । यो भाइरसबाट चीन बाहिर मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन् । यसअघि आइतबार फिलिपिन्समा पनि एक व्यक्तिको ज्यान गएको थियो । क्वाईचुङस्थित प्रिन्सेस मार्गरेट हस्पिटलमा कोरोनाभाइरसको उपचार गराईरहेका उनको मंगलबार विहान हार्ट फेल भएर मृत्यु भएको अधिकारीहरुले बताएका छन् । उनी गत २१ जनवरीमा चीनको वुहान पुगेका थिए । उनी त्यहाँ दुई दिन बसेर रेलमार्गबाट हंङकङ फर्केका थिए । हंङकङ अहिले १५ जनामा यो भाइरस देखिएको छ । उनी १३ औँ व्यक्ति थिए । एजेन्सी
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
