
कोरोनाभाइरसको प्रकोप फैलिएपछि चीनमा अहिलेसम्म ४२५ जनाको मृत्यु भइसकेको छ भने २०,००० मानिसमा सङ्क्रमण भएको पुष्टि भएको छ। अन्य एक दर्जनभन्दा बढी देशका १५० भन्दा बढी मानिसमा पाइएको सङ्क्रमणमा चीनबाहिर फिलिपिन्समा एक र हङ्कङमा एक जनाको मृत्यु भएको छ। तर चीन र अन्य देशमा भाइरस मात्र फैलिएको छैन, धेरै गलत सूचना पनि फैलिएको छ। महामारी सुरु भएपछि धेरै अफवाह फैलिएको छ। चमेरोको सुरुवाबारे एउटा भिडिओबारे त तपाईँले थाहा पाइसक्नुभयो होला।

चमेरोको भिडिओ
सुरुदेखि नै अन्लाइनमा मानिसहरूले कोरोनाभाइरसको उत्पत्तिबारे विभिन्न अडकल गर्न थाले। महामारी फैलिएका बेला चमेरोको मासुको झोल खाएको भिडिओले त्यस्तो अनुमानलाई झन् प्रोत्साहन दियो। एउटा भिडिओमा क्यामरामा एक चिनियाँ महिलाले चमेरोको मासु 'कुखुराको मासुजस्तो स्वादिलो' भनेर टिप्पणी गरेको सुनिन्छ। त्यस्ता भिडिओले अन्लाइनमा आक्रोशपूर्ण प्रतिक्रियाहरू निम्त्याए। कतिपय प्रयोगकर्ताहरूले भाइरसको प्रकोप फैलिनुमा चिनियाँहरूको यस्तै खानपानसम्बन्दी व्यवहार भएको आरोप लगाए। तर न त्यो भिडिओ वुहानमा खिचिएको थियो न त चीनकै अन्य भागमा नै। सन् २०१६ मा चर्चित ब्लगर एवं यात्रा कार्यक्रम प्रस्तोत्री मेङ्युन वाङले पश्चिमी प्रशान्त सागरको पलाउ टापुको भ्रमणका बेला त्यो भिडिओ खिचेकी थिइन्। अन्लाइनमा त्यसरी फैलिएपछि उनले क्षमायाचना गर्दै भनिन्, "मैले खालि स्थानीय मानिसहरूको जीवनशैली देखाउन खोजेकी थिएँ।" उनले चमेरोले भाइरस बोक्न सक्छ भन्ने आफूलाई थाहा नभएको बताइन्। अहिले उक्त भिडिओ अन्लाइनबाट हटाइएको छ। नयाँ कोरोनाभाइरस गैरकानुनी रूपमा व्यापार गरिने वन्यजन्तुमार्फत् वुहानको समुद्री खाद्यपदार्थ बजारबाट फैलिएको अनुमान गरिएको छ। चमेरो पनि भाइरसको सम्भावित स्रोतको भएको चीनमा गरिएको एउटा अध्ययनले देखाएको छ। तर त्यो त्यहाँ सहजै पाइने परिकार भने होइन। त्यसैले वास्तविकता पहिचान गर्ने काम अझै जारी छ।'योजनाबद्ध' प्रकोप
अमेरिकामा पनि यसको घटना पाइएसँगै थुप्रै प्याटन्टसम्बन्धी कागजपत्र फेसबुक र ट्विटरमा सार्वजनिक हुन थाले। तिनले विज्ञहरूलाई उक्त भाइरसबारे वर्षौँदेखि जानकारी भएको सङ्केत गर्थे। त्यस्तो आशङ्कापूर्ण धारणा सार्वजनिक गर्ने प्रारम्भिक व्यक्तिमध्ये युट्युबर जोर्डन साथर हुन्। हजारौँ पटक रिट्वीट गरिएका उनका शृङ्खलाबद्ध ट्वीटमा साथरले सन् २०१५ को एउटा प्याटेन्टबारे लेखेका छन्। इङ्ग्ल्यान्डस्थित पर्ब्राईट इन्स्टिट्यूट इन सरीले दर्ता गराएको उक्त प्याटन्टमा एउटा कमजोर खालको कोरोनाभाइरसको विकास गरेर श्वासप्रश्वाससम्बन्धी समस्याको उपचार गर्न सकिने उल्लेख छ। उक्त प्याटन्टको लिङ्क फेसबुकमा खोपविरोधी र कपट भएको मान्यता राख्ने व्यक्तिका ग्रूपबाट व्यापक रूपमा प्रसारित भयो। बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनले पर्ब्राईट र खोप विकासका लागि आर्थिक सहायता गर्ने गरेको तथ्य प्रस्तुत गर्दै साथरले अहिले जानीजानी महामारी फैलाइएको र खोप विकासका लागि पैसा जुटाउनु त्यसको उद्देश्य भएको दाबी गरेका छन्। उनले ट्वीटमा भनेका छन्। "गेट्स फाउन्डेशनले अहिलेसम्म खोप विकासका लागि कति पैसा दियो? के यो रोग फैलिने काम योजनाबद्ध थियो? के यसको त्रास फैलाउन सञ्चारमाध्यमहरू प्रयोग भइरहेका हुन्?" तर पर्ब्राईटको प्याटन्ट नयाँ कोरोनाभाइरसबारे होइन। यो बरु व्यापक कोरोनाभाइरस समूहकै एउटा सदस्य एभीअन इन्फेक्शस ब्रोङ्काईटिस भाइरसको हो। गेट्स फाउन्डेशनकी एक प्रवक्ताले बज्फीड न्यूजसँग पर्ब्राईट इन्स्टिट्यूटलाई उक्त भाइरसको अध्ययनमा आफूहरूले आर्थिक सहयोग उपलब्ध नगराएको बताएकी छन्।

'जासुसी टोली'
कोरोनाभाइरससँग सम्बन्धित अर्को अफवाहअनुसार क्यानडाको सूक्ष्मजीव विज्ञासम्बन्धी राष्ट्रिय प्रयोगशालाका एक अनुसन्धानकर्ता निलम्बित भएपछि नयाँ भाइरस देखिएको हो। क्यानडाको प्रसारक सीबीएसकाअनुसार भाइरोलजिस्ट डा. सियान्गुओ चिउलाई उनका पति र केही विद्यार्थीसहित गत वर्ष चीनबाट निष्काशित गरिएको थियो। तर प्रहरीले बताएअनुसार त्यसबाट सार्वजनिक सुरक्षाका लागि अहिले कुनै खतरा छैन। अर्को विवरणअनुसार डा. चिउले वुहानस्थित एक प्रयोगशाला भ्रमण पनि गरेकी थिइन्। उनीहरू चिनियाँ जासुस भएको दाबी गरिएको एउटा ट्वीट हजारौँ पटक रिट्वीट गरिएको थियो। सीबीएसले पछि ती सबै दाबीहरू आधारहीन भएको बताएको छ।'वुहानकी नर्सको भिडिओ'

प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
