जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि व्यवसायी संघ –एनसिडिए) काठमाडौं जिल्ला शाखाले नोबेल कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि नेपाली बजारमा मास्क, ग्लोभ्स, ह्यान्स सेनिटाइजरजस्ता व्यक्तिगत सुरक्षाका स्वास्थ्य सामाग्रीहरुको पर्याप्त मौज्दात राख्न औषधि व्यवसायीहरुसँग आग्रह गरेको छ । शाखाले नेपाल पनि नोबेल कोरोना भाइरसको जोखिम क्षेत्र भएकाले यसप्रति सम्पूर्ण निकायहरु सजग र सचेत हुनुपर्ने आवश्यकता औंल्याएको छ । भावी दिनहरुमा सिर्जना हुन सक्ने सम्भावित खतरालाई ध्यानमा राखेर शाखाद्धारा जारी बिज्ञप्तिमा भनिएको छ—‘व्यवसायी मित्रहरुले व्यक्तिगत सुरक्षा सामाग्रीहरुको पर्याप्त मौज्दात राख्ने, खुद्रा बिक्री वितरण गर्दा नियन्त्रित रुपमा सम्बन्धित क्षेत्रहरुलाई उपलब्ध हुने व्यवस्था गर्ने साथै सो सामाग्रीको बिक्रीवितरण गर्दा साविकको मूल्यमा नबढ्नेगरी वा प्रचलित कानुनले तोकेभन्दा बढी मूल्यमा बिक्री वितरण नगरी दिनुहुन हार्दिक आव्हान गर्दछौं ।’ शाखाका अध्यक्ष बद्रीप्रसाद श्रेष्ठ र महासचिव शुभमान श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तीमा नोबेल कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि एक्यवद्धतासमेत जाहेर गरिएको छ ।
मित्र राष्ट्र चीनको हुवेई प्रान्त, वुहान शहरबाटशुरु भएको नोबेल कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिरहेको छ । अन्तर्राष्ट्रियस्तरमा नै जनस्वास्थ्य विपद्को अवस्था सिर्जना हुनसक्ने सम्भावनालाई मध्यनजर गरी सम्पूर्ण निकायहरु सजग र सचेत हुन आवश्यक औंल्याइएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
