चीनबाट सुरू भई विश्वका करिब दुई दर्जन मुलुकमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणले अहिले नै विश्वभरि महामारीको रूप नलिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ ।
डब्लुएचओको सङ्क्रमणजन्य रोगको जोखिमविरूद्धको तयारी शाखाका प्रमुख सिल्भी ब्राएन्डले मंगलबार कोरोना भाइरसको सङ्क्रमणको महामारीको अवस्थामा नआएको बताएकी हुन् । तर उनले आफूहरु सङ्क्रमणको महामारीको जोखिमको बहुकेन्द्रित चरणमा रहेको बताइन् ।
कोरोना भाइरसका कारण चीनमा ४२५ जनाको मृत्यु भएको छ भने कम्तीमा २० हजार व्यक्ति यसको सङ्क्रमणका कारण उपचार गराइरहेका छन् । चीनको मध्य क्षेत्र हुबेईको वुहानबाट पहिलो पटक डिसेम्बरमा देखा परेको उक्त भाइरसका विश्वका करिब दुई दर्जन मुलुकमा पुगेको भएपनि त्यहाँ सङ्क्रमण महामारीको रूपमा नरहेको उनको भनाइ रहेको छ ।
यसैबीच चीनका अधिकारीहरूले सङ्क्रमण नियन्त्रणका लागि प्रभावकारी उपायहरू अवलम्बन गरेका र अन्य प्रभाबित मुलुकहरूले पनि भाइरस सङ्क्रमणलाई नियन्त्रणबाहिर जान नदिन यथेष्ट सावधानीहरू अपनाएको पाइएको छ ।
चीनको हुबेईका साथै अन्य भागमा अपनाइएका उपाय र विश्वका अन्य मुलुकहरूले नियन्त्रणका लागि देखाएका गम्भीर सावधानीका कारण छिट्टै सङ्क्रमण रोक्न वा यस भाइरसलाई पूर्ण निर्मूल पार्न सफलता मिल्नेमा विश्व स्वास्थ्य संगठनले विश्वास गरेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
