जनस्वास्थ्य सरोकार, काठमाडौँ । चीनका विभिन्न सहरमा अध्ययन र व्यवसाय गरिरहेका नेपालीलाई ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ। नोवेल कोरोना भाइरस संक्रमण बढेपछि त्रासमा रहेका उनीहरूलाई बसोबास गरिरहेका विभिन्न सहरबाट बसमा उहानमा ल्याइनेछ।'सबैलाई एकत्रित गर्न दुई–तीन दिन लाग्नसक्छ ।'स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठ भन्नुभयो -'बसमा एक ठाउँमा ल्याई स्वास्थ्य परीक्षण गरेपछि मात्र विमानमा नेपाल ल्याइनेछ ।’ यसरी फर्किएका नेपालीलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले एक्टिभ सर्भिलेन्समा राख्न सुझाव दिएको छ। उद्धार गरिएका नेपालीलाई क्वारेन्टाइनमा राखिनेछ। समस्या भए तोकिएको अस्पतालमा आइसोलेसनमा राखिने उहाँले जानकारी दिनुभयो । भाइरस संक्रमण देखिएमा आइसोलेसनका लागि तीन वटा अस्पताललाई तयारी अवस्थामा राखिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पताललाई आइसोलेसन बेडको व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
