कोरोना भाइरसले चीनमा महामारीको रुप लिएपछि विभिन्न देशले आफ्ना नागरिक फिर्ता लैजान थालेका छन् । अमेरिकाले आफ्ना अत्यावश्यक बाहेकका सबै नागरिक र उनीहरूका परिवारका सदस्यलाई सबैभन्दा पहिले भाइरस देखापरेको चीनको वुहान सहरबाट फर्किन निर्देशन दिएको छ ।
ब्रिटेन र फ्रान्सले समेत आफ्ना नागरिकहरूलाई सकेसम्म चीन छाड्न भनेको छ । जापानले पानी जहाज पठाएरै आफ्ना नागरिक फिर्ता ल्याइरहेको छ । ताइवानले शुक्रवारबाट मुख्यभूमि चीनको पछिल्लो दुई सातामा भ्रमण गरेका विदेशीको आगमनमा रोक लगाउने बताएको छ । मकाउले समेत आफ्नो अर्थतन्त्रको मुख्य स्रोत क्यासिनोहरू अस्थायी रूपमा बन्द गरेको जनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
