नेभिगेशन

प्रधानमन्त्रीलाई उहानमा रहेका नेपालीको पत्रः हामीहरुको उद्धारका लागि किन वेवास्ता ?

काठमाडौं । कोरोना प्रभावित चीनको उहानमा रहेका नेपालीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै आफूहरुको उद्धारका लागि नेपाल सरकारबाट वेवास्ता गरिएको भन्दै आक्रोश पोखेका छन् । पत्रमा भनिएको छ,‘ तपाईलाई हिजो राम्रो निन्द्रा पर्यो होला। हामी यहाँ चीनको हुवेइमा भएका विद्यार्थीहरु भने रातभर तपाईं लगायतका नेताहरुले बजाइरहेका मुरली हेरेर आफैलाई चिथोरी रह्यौ। हामीले अझैपनि घर फर्कने समयको केही खबर पाएनांै।’ उनीहरुले प्रधानमन्त्रीमा सम्वेदना नभएको पुष्टि भएको समेत उल्लेख गरेका छन् । उनीहरुले पत्रका लेखेका छन्, ‘हामी तपाई रोम जल्लदा मुरली बजाउने निरो हो त भन्दैनौ। तपाईका विगतका काम हेर्दा लाग्दैन (तपाईको मुटु त्यति कठोर छ। तर, तपाईले पक्कै मान्नुपर्छ हामी अत्तासिएका छोराछोरी जस्ताको मनमा अझै आस नदेखाएर तपाईले आफूमा सम्बेदना भने नभएको पुष्टी गर्नुभएको छ।’ यस्तो छ पत्र सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू, तपाईलाई हिजो राम्रो निन्द्रा पर्यो होला। हामी यहाँ चीनको हुवेइमा भएका विद्यार्थीहरु भने रातभर तपाई लगायतका नेताहरुका नेताहरुले बजाइरहेका मुरली हेरेर आफैलाई चिथोरी रह्यौ। हामीले अझैपनि घर फर्कने समयको केही खबर पाएनौ। हामी यहाँ हरेक मिनेट नेपालका खबर हेरेर समय विताइरहेका छौ -हाम्रो घर फर्कने समाचारको आसमा। त्यो समाचार त पाएनौ तर, तपाईहरुले बाजा बजाइरहेको तस्विर भने पायौ। हामी तपाई रोम जल्लदा मुरली बजाउने निरो हो त भन्दैनौ। तपाईका विगतका काम हेर्दा लाग्दैन -तपाईको मुटु त्यति कठोर छ। तर, तपाईले पक्कै मान्नुपर्छ हामी अत्तासिएका छोराछोरी जस्ताको मनमा अझै आस नदेखाएर तपाईले आफूमा सम्बेदना भने नभएको पुष्टी गर्नुभएको छ। हामी अहिले नेपाल सरकारलाई किन बोझ भयौं भनेर छलफल गरिरहेका छौं। हाम्रा नजिकका भारत, बंगलादेश, श्रृलंका र माल्भ्सिका जनताभन्दा हामी किन फरक किन भयौै भनेर सोच्यौ। यहाँ डाक्टर पढेका देशमा काम गरेका वा अन्य पेशामा लागेका र अगाडी बढ्न आएका यूवा युवति छन्। उनीहरु सोच्दैछन् -देश बन्न त भूगोल मात्र काफि हुन्न, देश भूगाृेलमा बस्ने जनताले बनाउँछन्। अत्यास कस्तो हुन्छ, जीवन गुमाउने डर कस्तो हुन्छ ? भन्ने हाम्रो प्रधानमन्त्रीले जस्तो कस्ले बुझ्नुभएको होला ?  तर तपाईले नै हाम्रो अत्यास मेटाउने हतारो किन नगर्नुभएको भनेर छलफल पनि गर्‍यौ। देशमा श्रोत छैन, ठिक हो नहुनु आफैमा दोष हैन। तर, श्रोत जुटाउन नसक्नु त्यो दोष हो। जनता मगन्ते मात्रै मानिरहने र राज्य भएको महसुस नै नहुने कस्तो देश बनाउनुभयो तपाईहरुले ? हामी यहाँ सोच्दैछौं कुनै दाता तपाईहरुकहाँ हामीलाई १४ दिन राखिदिने प्रस्ताव राखेर किन आइदिनएन ? त्यो सहरमा हामी अट्ने ठाउँ खोज्न तपाईहरुले चीनले अस्पताल बनाउने भन्दा बढि समय लगाउनुभयो। तपाईहरुलाई कमै गर्न नपर्ने र राज्य चलाउन पर्ने किन बनायौ हामीले ? त्यो सोचेर पनि आफैलाई चिथोर्न मन लाग्छ। कुनै समय आउँछ नागरिकको जीवनमा जव उसलाई लाग्छ यस्तो देशमा किन जन्मिए ? हामीलाई पहिलो पटक यस्तै लागेको छ। आश छ, हामी यहाँ सकुसल हुँदै हाम्रा बा’जस्तै प्रधानमन्त्रीले बुझेछन् र घर आइयो भन्न पाइयोस्। र हाम्रा अर्का रातहरु आसमा अत्तासिएर बाच्न नपरोस्।
-उही उहाँनमा अत्तासिएका नेपाली
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट