उनीहरु पनि सुरक्षित होउन, यहाँ कसैलाई नसरोस् भन्ने प्रत्याभूति सरकारले दिनुपर्दछ | चीनको वुहानमा फसेका नेपालीलाई उद्दार गर्नु सरकारको कर्तब्य हो | उनीहरु संक्रमित नहोलान, तर १ जनामात्र संक्रमित भएमा त्यो संक्रमण धान्न मुस्किल पर्नेछ |
१. चालक दललाई त्यहाँ सुरक्षित रुपमा पुर्याउनु पर्यो | त्यहाँका नेपालीलाई आइसोलेसन गाउन, ह्याण्ड ग्लोभ, मास्क, हेड क्याप लगाएर ल्याउनुपर्छ |
२. ती १८० जना मध्ये १ जनालाई संक्रमण नभएको ग्यारेन्टी हुनु पर्दछ | १-२ जनालाई संक्रमण भएको रहेछ भने प्लेनभित्रका सबैजनालाई सर्न सक्छ |
३. यहाँ एयरपोर्टमा ल्याण्ड गरेपछि आइसोलेसन सेन्टरमा पुर्याउने बेला अरुलाई नसरोस् भनेर विश्वस्त उपाय अपनाउनुपर्छ |
४. आइसोलेसन सेन्टरमा १ कोठामा १ जना राख्ने, एट्याच बाथ रुम हुनुपर्ने, एकलाई अर्कोसँग भेट नगराउने, भर्यांग/ सिंढी / कोरिडोरमा एकअर्कोको सास नजाने बातावरण मिलाउनुपर्छ | अनाथा ती १८० जना मध्ये एकजनालाई रहेछ भने अरुलाई सर्न सक्छ | होटेलमा वा होस्टेलमा राखे जस्तो कोठा सेयरिंग गर्न मिल्दैन |
५. उनीहरुलाई खाना, पानी, पत्रिका, पुस्तक आदि पुर्याउनको लागि सुरक्षित उपायको ब्यबस्था गर्नुपर्छ |
६. आइसोलेसन सेन्टरको फोहोर जलाउने ब्यबस्था गर्नुपर्छ |
७. त्यो केन्द्र वरिपरीको बस्तीलाई रोग नसर्ने प्रत्याभूति गराउनुपर्छ | बस्ती भएको ठाउँमा आइसोलेसन सेन्टर राख्न मिल्दैन |
८. आइसोलेसन केन्द्रमा नियमित जाँचको ब्यबस्था मिलाउनु पर्छ | त्यसको लागि चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई सुरक्षित बनाउने उपायको व्यवस्था गर्नुपर्छ |
९. १४ दिन आइसोलेसन केन्द्रमा राखेपछि उनीहरु १०० % निस्संक्रमित भएको आधिकारिक रिपोर्ट दिएर परिवारलाई जिम्मा लगाउनुपर्छ |
१०. लामो मानसिक पीडा भोगेका उनीहरुलाई मनिबैज्ञानिक परामर्शको ब्यबस्था गर्नुपर्ने हुनसक्छ |
डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
