
जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोनाभाइरसबाट अतिप्रभावित चीनको हुबे प्रान्तबाट १८० जना नेपालीहरू उद्धारको पर्खाइमा रहेका बेला सरकारले उनीहरूलाई 'क्वारन्टीन' गर्ने चार स्थानको टुङ्गो लगाएको अधिकारीहरूले बताएका छन्।
सरुवा रोग फैलिएको स्थानबाट आउने मानिसलाई निश्चित अवधिका लागि चिकित्सकीय निगरानीमा अलग्गै राख्ने कामलाई क्वारन्टीन भनिन्छ। प्रस्तावित केही स्थानमा आवश्यक पूर्वाधार पनि नरहेको तथा कतिपय स्थानमा स्थानीयवासीको अवरोध रहेका कारण सरकार अन्तिम टुङ्गोमा पुग्न सकेको थिएन। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शिवपुरीस्थित नेपाली सेनाको तालिम केन्द्र, इचङ्गुनारायणस्थित सुकुम्बासीका लागि बनाइएको अपार्टमेन्ट, कृषि तालिम केन्द्र सूर्यविनायक र भक्तपुरस्थित खरीपाटीमा रहेको विद्युत् प्राधिकरणको तालिम केन्द्रसहित चार स्थानमा क्वारन्टीनस्थल व्यवस्थित गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।
चीनमा कोरोनाभाइरसको प्रकोप
- ५६३जनाको मृत्यु
- १,१५३जना निको
- २८,०१८जनामा सङ्क्रमण भएको पुष्टि
- २४,७०२जनामा सङ्क्रमण भएको आशङ्का
- १,८६,३५४जना चिकित्सकीय निगरानीमा
विरोध
प्रवक्ता श्रेष्ठले भने, ''सबैले बुझ्नुपर्यो कि क्वारन्टीन गर्ने भनेको स्वस्थ मानिसलाई सुरक्षित स्थलमा राख्ने हो, बिरामीलाई राख्ने होइन।" "प्रभावित क्षेत्रबाट आउने भएकोले रोग सर्ने अवधिभरि लक्षण देखिइहाल्छ कि भनेर सुरक्षित स्थानमा राख्ने हो। तर यहाँ गलत बुझाइ छ।''

अभिभावक चिन्तित
सरकारले विशेष विमान पठाएर उद्धार गर्ने निर्णय गरेको पाँच दिन बितिसक्दा पनि क्वारन्टीन गर्नका लागि स्थान र अन्य पूर्वाधारको बन्दोबस्ती नहुँदा चीनको हुबेमा रहेका नेपाली नागरिकहरू थप चिन्तित बनेको उनीहरूका आफन्तले बताएका छन्। स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइका प्रमुख सागर दाहाल भने, "स्वास्थ्य मन्त्रालयमा आएर दिनहुँ हुबेमा रहेका नेपालीका आफन्तले उद्धारका लागि आग्रह गरिरहेका छन्। तर क्वारेन्टीन गरिने स्थानको अहिलेसम्म टुङ्गो लाग्न सकेन।''

क्वारन्टीन भनेको के हो?
स्वस्थ मानिस वा समूहलाई कुनै पनि स्थलबाट हिँडडुल गर्नबाट रोक लगाइ सम्भावित सङ्क्रमणबाट उनीहरूलाई जोगाउन वा उनीहरूबाट सर्वसाधारणलाई हुन सक्ने खतरा रोक्न निश्चित समयका लागि सुरक्षित स्थानमा राखेर निगरानी गर्ने कार्यलाई क्वारन्टीन भनिन्छ।
प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
