जिल्लाको जुनीचाँदे गाउँपालिका–१ मजकोटस्थित बडकुले स्वास्थ्य चौकीको प्रसूति भवन निर्माण सात वर्षदेखि अलपत्र परेको छ । निर्माण कम्पनीले काम गर्न छाडेपछि भवन निर्माण अगाडि बढ्न नसकेको हो । समयमा भवन नबन्दा गाउँमै प्रसूति सेवा पाउनबाट यहाँका महिला बञ्चित हुनुपरेको छ । सरकारी उदासिनताका कारण निर्माणको काम अलपत्र परेको स्थानीयवासीको गुनासो छ ।“ न त काम अघि बढ्यो न निर्माण व्यवसायीलाई कारवाही नै भयो राजबहादुर शाहीले भन्नुभयो, “एउटा व्यक्तिले काम नगर्दा सबै नागरिकले दुःख पाइरहेका छन् । काम नगर्ने ठेकेदारलाई सरकारले कारवाही गर्न सक्दैन ?” तत्कालीन शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतबाट आर्थिक वर्ष २०६९÷७० मा ठेक्का भई भवन निर्माणको जिम्मा फ्राइण्डस कन्स्ट्रक्शन प्रालि काठमाडौँले पाएको थियो । विसं २०६९ वैशाख ७ मा सम्झौता भई २०७० कात्तिक ६ गते डेढ वर्षमा काम सक्ने भनिएकोे थियो । तर सम्झौता भएको सात वर्ष बितिसक्दा भवन निर्माणकार्यले पूर्णता पाउन सकेको छैन । रु एक करोड ५० लाख लागतको उक्त भवन निर्माण सम्पन्न हुने बताइएको थियो । भवन नबन्दा स्वास्थ्य सेवा प्रवाहमा निकै समस्या भएको स्थानिय नरबहादुर शाहीले बताउनुभयो । ठेकेदारको चरम लापरवाहीले समयमा काम नगर्दा भवन अलपत्र परेको हो । निर्माणको जिम्मा लिएका ठेकेदारले बीचमै काम छाडेर गएपछि सरकारी लगानी बालुवामा पानीजस्तै भएको छ, उहाँले भन्नुभयो । भवन नहुँदा नियमित स्वास्थ्य सेवा प्रवाहमा समेत समस्या भएको छ । अहिले मजकोटवासीले ठेकेदारलाई कडा कारवाहीको माग गरेका छन् । भवनको १० प्रतिशत जति पनि काम नभएको स्थानीय स्थानीयवासी प्रकाश शाहीले जानकारी दिनुभयो । व्यवसायीलाई पटक–पटक ताकेता गरिएको, पत्रपत्रिकामा सूचना जारी गरेर सम्पर्कमा आउन भनिएको भएपनि अटेर गरेको भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

