पर्वत । हात्तीपाइलेको औषधि सेवन गर्दा स्वास्थ्यमा गम्भीर खतरा आउँदैन, बरु सधैँभर हात्तीपाइलेको जोखिमबाट मुक्त हुन सकिन्छ ।
ग्याष्ट्रिकका बिरामी वा हात्तीपाइलेका जीवाणु शरीरमा भएका व्यक्तिमा सामान्य समस्या देखिए पनि त्यसले कुनै ठूलो असर पार्दैन तर यस्तो अवस्थामा पनि समाजमा जान्ने बुझ्ने र कतिपय अवस्थामा स्वास्थ्यकर्मीले समेत औषधि सेवन नगरी दिएका कारण आम मानिसमा हात्तीपाइलेका विरुद्ध औषधि खुवाउने कार्यक्रम असफल भएको पाइएको छ ।
मुलुकका धेरै जिल्लामा हात्तीपाइले रोगविरुद्धको अभियान सफल भइसके पनि पर्वत जिल्ला भने अझै पनि हात्तीपाइले रोगको उच्च जोखिममा रहेको पाइएको कुस्मा नगरपालिका स्वास्थ्य एकाइले बिहीबार पर्वत अस्पतालमा गरेको अन्तक्र्रिया कार्यक्रममा बताइएको छ ।
पर्वतमा सन् २०१० देखि नियमितरुपमा १० पटक आमरुपमा औषधि खुवाउने कार्यक्रम सकिए पनि जिम्मेवार व्यक्तिले हेलचक्रयाइँ गर्दा सर्वसाधारणले ११ औं पटक औषधि खानुपर्ने अवस्था आएको हो । हात्तीपाइलेका विरुद्ध खाने औषधि सबै मानिसले नखाइदिएका कारण पर्वत र खासगरी कुस्मा नगरपालिका अझै बढी जोखिममा परेको स्वास्थ्यकर्मी बताउँछन् । कुश्मा नगरपालिकाका स्वास्थ्य एकाइका प्रमुख उमाकान्त सापकोटा जान्ने बुझ्नेले नै औषधि नखाँदा समस्या भएको बताउनुहुन्छ ।
औषधि नखानेमा स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी र सुरक्षाकर्मी बढी भेटिएका छन् । पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा शिशिर देवकोटाले औषधिले असर गर्छ भनेर अनावश्यक हल्ला फैलाएका भरमा औषधि नखाने बढी भएको बताउनुभयो ।
पर्वत जिल्ला र खासगरी कुस्मा नगरपालिकामा हात्तीपाइलेको जोखिम कायमै रहेको पाइएकाले आगामी माघ २५ गते ११ औँ चरणको कार्यक्रम पर्वतमा सञ्चालन हुने भएको छ । दशौँ चरणसम्म अभियान सञ्चालन गर्दा पनि हात्तीपाइले सङ्क्रमितको सङ्ख्या एक प्रतिशतभन्दा तल नझरेपछि पुनः ११ औँ पटक अभियान सञ्चालन गर्न लागिएको हो । पर्वतसहित देशका १३ जिल्लामा माघ २५ गते सामूहिकरुपमा औषधि खुवाउने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
