चीनको वुहानमा फैलिएको कोरोना संक्रमणको कारण नेपालमा पनि मास्क र स्यानिटाइजरको कृत्रिम अभाव सुरु भएको छ | N95 लगायतका सुरक्षित मास्क ब्यापक रुपमा निर्यात भइरहेको छ |
त्यतिमात्र हैन, औषधि पसलबाट बिक्रि गरिने सर्जिकल मास्क ( जुन मास्कले कोरोना भाइरस सर्नबाट खासै बचाउदैन, शल्य क्रिया गर्दा चिकित्सकको नाक / मुखबाट थुक, छिटा आदि नआओस भनेर लगाइन्छ ) को अभाव सुरु भएको छ | चिनिया, चीनमा सप्लाई गर्ने व्यक्तिहरुले ठूलो मात्रामा सर्जिकल मास्क किनिरहेका छन् | ह्याण्ड स्यानिटाइजर पनि ठूलो मात्रामा किनबेच भइरहेको छ | कालोबजारी गर्नेहरुले मास्क तथा ह्याण्ड स्यानिटाइजर स्टोर गर्न थालेका छन् |
बुझ्नुपर्ने कुरा के छ भने नेपालमा कोरोना संक्रमण देखिएको छैन, एकाध केसबाहेक | १ महिनाभित्र कोरोना भाइरस नियन्त्रणमा आउने चीनले विश्वास लिएको छ | सर्जिकल मास्कले कोरोना भाइरसलाई फिल्टर गर्न सक्दैन | तसर्थ यी सामानको जोहो गर्नु जरुरि छैन |
मानौं, कोरोना भाइरस देखियो रे ! त्यस अवस्थामा हामीसंग निकै भरपर्दा उपाय छन् | कपडा सिलाएर बनाएका मास्क सर्जिकल मास्क भन्दा धेरै प्रभावकारी हुन्छन | ह्याण्ड स्यानिटाइजर भन्दा स्पिरिट स्वाब, अल्कोहलिक स्वाब धेरै प्रभावकारी छन् | यी सस्ता पनि छन् | साबुन पानी, खरानी पानी पनि बिकल्प छन् |
तसर्थ अनाबश्यक संग्रह नगरौं ! फार्मेसीले पनि आवश्यक मात्रामा बिक्रि गरौँ, निरन्तर उपलब्ध गराउन तदनुसार खरिद बिक्रि गरौँ !
डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
प्रकाशित मिति: शनिबार, माघ २५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
