जनस्वास्थ्य सरोकार, म्याग्दी । लायन्स क्लब अन्तरराष्ट्रिय डिस्ट्रिक ३२५ बी वान नेपालले बेनी अस्पताललाई रु १७ लाख मूल्य बराबरको उपकरण सहयोग गरेको छ । यहाँ रहेका लायन्स क्लबहरुको पहलमा नवजात शिशुको उपचारमा प्रयोग हुने उपकरण सहयोग गरिएको लायन्सका गभर्नर इन्दु लम्सालले जानकारी दिनुभयो । बेनीमा शनिबार सम्पन्न क्लबको बैठकको अवसरमा नवजात शिशुको उपचारमा प्रयोग हुने फोटोथेरापी, बच्चालाई तातो बनाउन प्रयोग हुने सक्सन , हेन्स सेनीराइटर र प्रिपेशन सेट प्रदान गरिएको थियो । अस्पतालका नर्सिङ अधिकृत खेमकुमारी पन्तले ती उपकरणले नवजात शिशुलाई जन्डिस, श्वासप्रश्वास तथा महिना नपुग्दै जन्मेको बच्चामा स्वास्थ्य समस्या देखिएमा उपचारमा सहज जानकारी दिनुभयो । यसैगरी लायन्स क्लबले करीब रु दुई करोडको लागतमा म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीको गलेश्वर माविमा दुईतले आठकोठे पक्की भवन निर्माण गरेको छ । रु एक करोड ९३ लाखको लागतमा भवन निर्माण गरेको क्लबका गिरिधारी शर्माले जानकारी दिनुभयो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण विद्यालयको पुरानो भवन जीर्ण बनेको थियो । नयाँ भवन निर्माण भएपछि विद्यार्थीले सुरक्षित भएका प्रधानाध्यापक गणेश बानियाँले बताउनुभयो । कक्षा १ देखि १२ सम्म पठनपाठन हुने सो विद्यालयमा २५६ विद्यार्थी रहेका छन् । विद्यालयमा कक्षा ८ देखि १२ सम्म प्राविधिक विषयको पढाइ हुन्छ । भवन निर्माणका लागि विद्यालयले रु आठ लाखमा जग्गा खरीद गरेको थियो । मालिका गाउँपालिका–७ बिमको किसानी माविमा पनि अर्को आठकोठे भवन निर्माण अन्तिम चरणमा पुगेको क्लबका सल्लाहकार संयोजक चन्द्रकुमार केसीले बताउनुभयो । कृषि प्राविधिक विषयको पठनपाठन हुने किसानी माविको पुरानो भवन पनि भूकम्पले क्षति पु¥याएको थियो ।
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

