चीनमा फैलिएको नयाँ कोरोनाभाइरसको सङ्क्रमणले ज्यान जानेको सङ्ख्या आइतबारसम्म ८ सय ११ पुगेको छ । करिब बीस वर्षअघि सार्स भाइरसको सङ्क्रमण फैलँदा मारिएको सङ्ख्यालाई कोरोनाभाइरसले उछिनेको छ ।
सन् २००३ मा सेभेर अक्युट रेस्पिरेटोरी सिन्ड्रोम वा सार्स भनिने भाइरसको सङ्क्रमणबाट विश्वभरका दुई दर्जन देशमा ७७४ जनाको ज्यान लिएको थियो । कोरोनाभाइरसले चीनको हुबेइ प्रान्तमा मात्र ७८० जनाको ज्यान लिइसकेको छ भने कुल मारिनेको सङ्ख्या ८११ पुगेको छ । तीमध्ये एकजनामात्र चीन र हङ्कङभन्दा बाहिरका व्यक्ति छन् ।
तर नयाँ कोरोनाभाइरसबाट मृत्यु हुनेको अनुपात भने सार्सभन्दा निकै कम रहेको छ । नयाँ कोरोनाभाइरसले ३४ हजार ८ सय मानिस सङ्क्रमित भइसकेका छन् ।
गत महिना विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले यसलाई विश्व जनस्वास्थ्य सङ्कटको घोषणा गरेको थियो । डब्लुएचओले भाइरस सङ्क्रमणबाट अत्यधिक प्रभावित चिनियाँ क्षेत्रहरूमा त्यसका नयाँ सङ्क्रमणका घटना अलिकति स्थिर हुन थालेको बताएको छ । तर अहिले नै अब भाइरस सङ्क्रमणको वृद्धि दर रोकिने वा पुनः बढ्ने बारे बताइहाल्ने अवस्था नरहेको उसले जनाएको छ ।
आफ्नो पछिल्लो बुलेटिनमा हुबेइ प्रान्तका स्वास्थ्य अधिकारीहरूले शनिवार थप ८१ जनाको ज्यान गएको उल्लेख गरेका छन् । 2019-nCoV नाम दिइएको उक्त भाइरस पहिलोपटक हुबेइको राजधानी वुहानमा देखा परेको थियो । सो शहरलाई हप्तौँदेखि सार्वजनिक आवागमन रोकेर अलग गराइएको छ ।
बिहीवार त्यहाँ एक ६० वर्षीय अमेरिकी नागरिकको भाइरस सङ्क्रमणबाट मृत्यु भएको थियो । उनी यसरी ज्यान गुमाउने पहिलो गैरचिनियाँ नागरिक हुन् ।
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
