जनस्वास्थ्य सरोकार, भीमदत्तनगर । भूपू सैनिक सम्मेलनको अवसर पारेर नेपाली सेनाले कैलालीको अत्तरियास्थित तेघरी ब्यारेकमा सञ्चालन गरेको तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ५०० भन्दा बढीले स्वास्थ्य सेवा पाएका छन् । गत शुक्रबारदेखि शुरु भएको सो शिविरमा भूपू सैनिकका परिवारका सदस्यले स्वास्थ्य सेवा लिएको नेपाली सेनाले जनाएको छ । श्री नं २५ फिएका गुल्मपति उपसेनानी डा बबिता सिल्वालले स्वास्थ्य शिविरमा ८१५ पुरुष र ७०८ महिला गरी एक हजार ५२१ ले स्वास्थ्य सेवा लिएको जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका भूपू सैनिक र तिनका परिवारका लागि मध्यनजर गर्दै आयोजना गरिएको शिविरमा वीरेन्द्र सैनिक अस्पताल, श्री नंं २५ फिए र श्री नं ५ फिएका विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली खटिएको थियो । शिविरमा सामान्य शल्यक्रिया, फिजियोथेरापी सेवा, हाडजोर्नी, र आँखा तथा दन्त सेवा उपलब्ध गराइएको थियो । शिविरमा पाठेघरको समस्या, मधुमेह, आँखा र कानका बिरामीको सङ्ख्या अधिक रहेको डा सिल्वालले जानकारी दिनुभयो । “आँखाका बिरामीका लागि चस्मासमेत उपलब्ध गराइएको छ”, उहाँले भन्नुभयो, “अरु बिरामीका लागि औषधिसमेत निःशुल्क उपलब्ध गराइयो ।” भूपू सैनिकलाई लक्षित गरी स्वास्थ्य उपचार सेवाका साथै लघुवित्त कार्यक्रममा समेत सेनाको कल्याणकारी कोषमार्फत सुदूरपश्चिमका भूपू सैनिकलाई विभिन्न किसिमको ऋण लगानी समेत गरिएको छ । अवकाशपछि नागरिक जीवनमा आउने भूपूलाई आयमूलक व्यवसायमा अग्रसर गराउनसमेत सेना अग्रसर रहँदै आएको छ ।
प्रकाशित मिति: सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
