जनस्वास्थ्य सरोकार,काठमाडौं । नेपाल चिकित्सक संघको २८ औँ केन्द्रीय कार्यकारिणी समिति ( ०७६/७९ कार्यकाल) का लागि भएको निर्वाचनमा डा. लोचन कार्कीले नेतृत्व गरेको लोकतान्त्रिक समूहले ६ पदाधिकारी र ५ सदस्यसहित १२ वटा पद जितेको छ। कुल १३ सदस्यीय कार्यसमितिको एक पद (सदस्य) मा भने पेशागत समावेशी समूहले बाजी मारेको छ। यसपटक निर्वाचनमा ६ हजार १५७ भोट खसेकोमा सबैभन्दा बढी भोट अध्यक्षका विजयी उम्मेदवार डा लोचन कार्कीले हासिल गरेका छन्। उनले कुल ४१११ (६७.७६) प्रतिशत मतका साथ विजयी हासिल गरेका हुन्। त्यसपछि सबैभन्दा बढी मत ल्याउने उपाध्यक्षका विजयी उम्मेदवार डा अनिलबिक्रम कार्की बनेका छन्। उनले कुल ३९४५ (६४.०७) प्रतिशत भोट प्राप्त गरेका छन्। पेशागत समूहबाट अध्यक्ष उठेका डा पुष्पमणि खरालले भने १९७९ मत ल्याएका छन्। मंगलबार बिहान २ बजे सम्पन्न मतगणनाअनुसार अध्यक्षमा डा लोचन कार्की, वरिष्ठ उपाध्यक्षमा डा शिवप्रसाद श्रेष्ठ र उपाध्यक्षमा डा अनिलबिक्रम कार्की विजयी भएका छन्। पेशागत सूहबाट डा रक्षा श्रेष्ठले २२६२९ मत ल्याएकी छन्। यस्तै, महासचिव डा बद्री रिजाल, कोषाध्यक्षमा डा. प्रकाश बुढाथोकी, सहसचिवमा डा निजरकुमार सिंह र सहकोषाध्यक्षमा विश्वराज दवाडी विजयी भएका हुन्। यी सबै लोकतान्त्रिक समूहबाट उम्मेदवार थिए। यस्तै, सदस्यहरूमा लोकतान्त्रिक समूहबाट उम्मेदवार बनेका डा विपेश आचार्य, डा नन्दाकुमारी गुरुङ, डा प्रमोद जोशी, डा रितेश थापा र डा सञ्जीव तिवारी विजयी भएका छन्। यता, पेशागत समावेशी समूहबाट सदस्यमा उम्मेदवार बनेका डा लिजन महर्जनले पनि जित हासिल गरेका छन्। तेस्रो बढी भोट हासिल गर्नेमा सह कोषाध्यक्षका विजयी उम्मेदवार डा विश्वराज दवाडी रहेका छन्। उनले कुल ३९३५ (६३.९१) प्रतिशत भोट आफ्नो पक्षमा पार्न सफल भए। सदस्यहरूमा सबैभन्दा बढी मत डा रितेश थापाले ल्याए। उनले कुल ३७१७ मत प्राप्त गरी विजयी भएका छन्।
प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
