काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले चीनबाट फर्काइने नेपालीलाई घनाबस्तीभन्दा बाहिर राख्न आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद सुवालले भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम भवनमा चीनबाट फर्काइने नेपालीलाई राख्न लागिएकोमा विरोध जनाउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘कोरोना भाइरस प्रभावित क्षेत्रबाट स्वदेश ल्याइने नेपालीलाई राखिने ‘क्वारेन्टाइन स्थल’का रुपमा भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रलाई तोकिएकामा जनताको विरोध रहेको छ, त्यस्तो स्थल घना बस्तीभन्दा टाढा राख्न म सरकारको ध्यानाकर्षण गराउँछु ।’
उहाँले खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम भवनमा मंगलबार प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयका सचिवले निरीक्षण गरेकोप्रति जनताको विरोध रहेको उल्लेख गर्नुभयो ।
यता, सांसद सरिता गिरीले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा नेपाली फसेको उल्लेख गर्दै तत्काल उनीहरुको उद्धार गरी नेपाल ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले यस विषयले संसद्मा आवश्यकताअनुसार प्राथमिकता पाउन नसकेको समेत बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
