काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा कोरोना भाइरस जस्तै लक्षण देखिने शंकास्पद रोग देखिएको छ । जुगल गाउँपालिकाको वडा नम्बर ३ को साविकको गुम्बा गाविस वडा नम्बर ८ मा २७ माघदेखि कोरोनाभाइरसको लक्षणसँग मिल्दो ज्वरोका बिरामी भेटिएकाले पत्राचार गर्दै सहयोग गरिदिन गाउँपालिकाले स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले स्वास्थ्य मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ, “विश्वमा फैलिइरहेको नोवल कोरोनाभाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र अत्याधिक ज्वोरोजस्ता लक्षणका बिरामी देखा परेको हुँदा सोको परिक्षण गरी रोग पहिचानका लागि विशेष टोली खटाइ सहयोग गरिदिन हुन अनुरोध गर्दछौं ।”
त्यहाँ बिरामीको संख्या एक सय नाघिसकेकाले सहयोगका लागि आग्रह समेत गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
