काठमाडौं । काठमाडौंको नयाँवानेश्वरस्थित छक्कुपक्कु पार्कको आडमा निर्माण गरिएको सार्वजनिक शौचालय वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ ।
बुधबार आयोजित कार्यक्रममा शौचालयको साँचो वडा अध्यक्ष रामकुमार केसीलाई हस्तान्तरण गरिएको हो । व्यवसायिक सार्वजनिक उत्तरदायित्वअन्तर्गत एभरेष्ट बैङ्कले करीब २० लाख रुपैयाँ खर्च गरेर छक्कुपक्कु पार्कको मर्मत तथा सार्वजनिक शौचालय निर्माण गरेको हो । नवनिर्मित शौचालयमा पुरुषका लागि ४ वटा पिसाब फेर्ने युरिनल र एउटा दिशा गर्ने ठाउँ, महिलाका लागि २ वटा र अपाङ्गता भएका व्यक्तिका लागि एउटा छुट्टाछुट्टै ठाउँ छन् ।
शौचालयको साँचो बुझिसकेपछि वडाध्यक्ष केसीले राजधानीको केन्द्रमा मानिस आउँदा शौचालय नभएर खेप्नु परेको सास्ती अब हट्ने बताउनुभयो ।
अपाङ्गता भएका व्यक्ति, पर्यटक र जेष्ठ नागरिकलाई शौचालय निःशुल्क हुनेछ । यसको दिगो व्यवस्थापनका लागि अन्य उपभोक्ताबाट सेवा शुल्क संकलन गरिनेछ । यसरी संकलन भएको रकम सरसफाइ र बायोग्याँस उत्पादनमा खर्च हुनेछ । वडाले यस कामका लागि एरोसान सन्टेनेबल स्यानिटेसनले सञ्चालन गरेको सरसफाइ सहकारी संस्थासँग सहकार्य अघि बढाएको छ ।
शौचालय हस्तान्तरण कार्यक्रममा बैङ्कका नायव महाप्रबन्धक आशुतोष शर्माले व्यवसायिक संस्थागत उत्तरदायित्वअन्तर्गत वडासँग थप सहकार्य हुने बताउनुभयो ।
त्यस्तै संस्थागत उत्तरदायित्व समितिका सदस्य डा. गणेश गुरुङले निर्माण भएको शौचालय दिगो र गुणस्तरीय सेवा दिन सक्ने गरी सञ्चालन गरिनुपर्ने बताउनुभयो । प्रमुख बजार व्यवस्थापक पुष्पराज उप्रेतीका अनुसार बैङ्कले सामाजिक उत्तरदायित्वअन्तर्गत पशुपति क्षेत्रमा वातावरणमैत्री शवदाह क्षेत्र निर्माण गर्ने तयारी छ ।
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
