काठमाडौं । कोरोना भाइरसविरुद्धको संघर्षमा लडिरहेको चीनलाई साथ दिन बुधबार काठमाडौंमा ‘हामी साथमा छौं’ कार्यक्रम आयोजना गरिएको छ ।
मन्त्री, सांसद, नेपालका लागि चिनियाँ राजदूत, कलाकार, पत्रकार तथा सर्वसाधारणको बाक्लो उपस्थितिमा दीप प्रज्वलन गरिएको हो । ट्रान्स हिमालय विकास केन्द्र र फ्रेण्ड्स अफ सिल्क रोडले आयोजना गरेको कार्यक्रममा नेपाल र चीनको झण्डा बनाई मैनबत्ती बालेर ‘हामी साथमा छौं’ भन्ने सन्देश दिइएको थियो ।
कार्यक्रममा चिनियाँ राजदूत होउ यान्छीले चीनले बेहोरिरहेको विपत्तिप्रति नेपालले देखाएको सद्भावको प्रसंशा गर्नुभयो । कार्यक्रममा कलाकार, साहित्यकारले कोरोनाविरुद्धको अभियानमा चीनलाई परेको विपत्तिमा ‘हामीसँगै छौँ’ भन्दै गीत, कविता सुनाएका थिए । आफ्नो देशमा परेको सङ्कटप्रति नेपालले देखाएको सहानुभूतिबाट राजदूत होउ यान्छी भावुक देखिनुहुन्थ्यो ।
कलाकार आनी छोइङ डोल्माको गीत र कवि बलराम दाहालको कविताले सबैलाई मन्त्रमुग्ध बनाएको थियो । हास्य कलाकार मनोज गजुरेलले कविताबाट सामाजिक सञ्चालमा कोरोना भाइरसबारे भइरहेका अनावश्यक हल्लाले मानिसमा त्रास उत्पन्न गरेको बताउनुभयो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मित्रराष्ट्र चीनमा परेको सङ्कट समाधानमा नेपाल सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । “चीनले अत्याधुनिक प्रविधिको प्रयोगमार्फत कोरोना भाइरसको सङ्कटलाई धेरै हदसम्म कम गर्न सफल भएको छ”, उहाँले भन्नुभयो, “नेपालको विपत्तिमा पटक–पटक सहयोग गर्दै आइरहेको चीनलाई परेको विपत्तिमा नेपाल सक्दो सहयोग गर्न तयार छ ।”
राजदूत यान्छीले कोरोनाविरुद्धको अभियानमा नेपालले दर्शाएको सदासयताप्रति धन्यवाद दिँदै नेपालको सहयोगले चीनलाई थप ऊर्जा प्रदान गरेको बताउनुभयो । उहाँले चिनियाँ राष्ट्रपति, प्रधानमन्त्रीलगायतका सरकारी अधिकारी तथा नागरिकको सक्रियताका कारण वुहान शहर कोरोनाको सङ्क्रमणबाटमुक्त हुने दिशामा अग्रसर बन्दै गएको बताउनुभयो ।
नेपाली काँग्रेसकी नेतृ सुजता कोइरालाले कोरोना भाइससबाट सङ्क्रमित भएकाको उपचारका लागि चीन सरकारले देखाएको चिन्ता र चासोबाट अरु मुलुकले पनि पाठ सिक्नुपर्ने धारणा राख्नुभयो । पूर्वमन्त्री आनन्द पोखरेलले माहामारी वा विपत्ति जुनसुकै राष्ट्रलाई पनि पर्नसक्ने हुँदा यो समस्या चीनको मात्र नभएर सम्पूर्ण मानवजगतको भएको धारणा राख्नुभयो ।
फोटो: मनोज गजुरेलको फेसबुकबाट
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
