जनस्वास्थ्य सरोकार, काठमाडौँ । मानहानी सम्बन्धी कसूरमा फरार मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईं जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बिहिबार हाजिर भएका छन् । हाजिर भएपछि उनलाई साधारण तारेखमा छाड्न भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आदेश दिएकी छन् । मेडिकल कलेजको सम्बन्धन दिनका लागि २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए । साथै, उनले आफूविरुद्ध गुण्डागर्दी गरेर असुरक्षित बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा पनि निवेदन दिएका थिए । निवेदनमाथि कारबाही गर्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरले २ माघमा बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । लगतै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेको थियो । तर, उनी नभेटिएपछि प्रहरी फर्किएको थियो । त्यसयता प्रसाईं भारतमा लुकेर बसेको सूचना प्रहरीसँग थियो । आइतबार प्रहरी अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा पेश गरेको थियो । द्धारिका होटलमा मंसिर १५ मा उपाध्यक्ष गिरीले घुस मागेको प्रसाईंको दाबी छ । प्रसाईंले पत्रकार सम्मेलन गरेर डा. गिरीविरूद्ध अख्तियारमा उजुरी दिएको पनि बताएका थिए ।
प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
