काठमाडौं । सरकारले ११औं तहका तीनजना चिकित्सकसँग स्पष्टीकरण मागेको छ । बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने आयोजित नियमित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले तीनजना चिकित्सकसँग सरकारले स्पष्टीकरण माग्ने निर्णय गरेको जानकारी दिनुभयो ।
बैठकले मन्त्रिपरिषद्बाट बिदा स्वीकृत नगराई कार्यालयमा नआइ धेरै समय सम्पर्कमा नआएको भन्दै प्रमुख कन्सलटेन्ट नाक काथ तथा घाटी रोग विशेषज्ञ सर्जन डा. ढुण्डीराज पौडेल, प्रमुख कन्सलटेन्ट अर्थोपेडिक सर्जन डा. राजेन्द्र सञ्जेल क्षेत्री र प्रमुख कन्सलटेन्ट फिजिसियन डा. विष्णुप्रसाद पौडेललाई स्वास्थ्य सेवा ऐन र नियमावलीअनुसार स्वास्थ्य मन्त्रालयका सचिवमार्फत स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
१. बिदा स्वीकृत नगराई आफ्नो कार्यालयमा अनुपस्थित रहने ११ औं तहका प्रमुख कन्सल्टेन्ट इ.एन.टि. सर्जन डा. ढुण्डीराज पौडेल, प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. राजेन्द्र सञ्जेल क्षेत्री र प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विष्णुप्रसाद पौडेललाई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ तथा नेपाल स्वास्थ सेवा नियमावली, २०५५ बमोजिम स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयका सचिवमार्फत स्पष्टिकरण माग गर्ने निर्णय गरिएको छ ।
२. नेपाल स्वास्थ अनुसन्धान परिषदको सदस्य सचिव पदमा रिब्दीकोट–५, पाल्पा निवासी डा. प्रदीप ज्ञवालीलाई ४ वर्ष पदावधि कायम हुने गरी तोक्ने र २०७३ फागुन १७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार कार्यकारी अधिकार अध्यक्ष डा. अन्जनी कुमार झालाई तोकिएकोमा सो अधिकार फिर्ता गर्ने निर्णय गरिएको छ ।
३. नेपाल नर्सिङ परिषद्को सदस्यमा काभ्रेपलाञ्चोक निवासी भारती भेटुवाललाई चार वर्ष पदावधि रहने गरी मनोनित गर्ने निर्णय गरिएको छ ।
४. देहायका पदाधिकारी तथा व्यक्तिलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सदस्यमा मनोनीत गरिएको छ–
क) डा. जागेश्वर गौतम, निर्देशक, परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल
ख) डा. आरपि. विच्छा, निर्देशक, कान्ति बाल अस्पताल
ग) श्री भक्तिमान सुब्वा सम्बाहाम्फे, रानीगााउ–६, पााचथर
घ) श्री पेम्वा लामा, हेलम्बु–२, सिन्धुपाल्चोक
प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
