जनस्वास्थ्य सरोकार, भक्तपुर । झापाको बी एण्ड सी मेडिकल कलेजले सम्बन्धनका लागि चिकित्सा शिक्षा आयोगमा निवेदन दर्ता गरेको छ । आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले फागुन १ गते बी एण्ड सी मेडिकल कलेज काठमाडौं सम्पर्क कार्यालयले दिएको आफ्नो सम्पूर्ण मापदण्ड पूरा गरेको काजजातसहितको निवेदनमा तोकआदेश लगाएका थिए । तोक आदेशपछि दर्ताका लागि आयोगका सदस्यसचिव डा. हरि लम्सालको कार्यकक्षमा पुगेको निवेदनसहितको फाइल उहाँको अनुपस्थितिका कारण फागुन २ गते मात्र दर्ता भयो । बी एण्ड सी को फाइल दर्ता नम्बर ३७० रहेको छ । फाइल दर्तापछि आवश्यक अध्ययन गरी बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाइने छ ।
यस अघि बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं आफैं उपस्थित भएर गत मंसिर १५ गते मेडिकल कलेज सम्बन्धनका लागि दिएको निवेदन दर्ता गर्न मान्नुभएको थिएन । त्यो बेला उहाँले चिकित्सा शिक्षा ऐन बमोजिम कागजात समावेश नभएको भन्दै निवेदन फिर्ता गरिदिनुभएको थियो । तर त्यो बेलामा पनि अहिलेको जस्तै सम्पूर्ण प्रक्रिया पुगेको कागजात दर्ता गरिएको दावी बी एण्ड सी का सञ्चालक प्रसाईंको छ । त्यसपछि २० करोड रुपियाँ घुस मागेका कारण मलाई दुःख दिएको हुनसक्छ भन्दै प्रसाईले पत्रकार सम्मेलन नै गरेर आफ्नो पीडा ओकल्नुभयो । तर गिरीले आफ्नो मानहानी भएको भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा निवेदन दर्ता गराउनुभयो । अचम्मको कुरा त के छ भने भक्तपुर जिल्ला प्रशासन कार्यालयले प्रसाईंलाई साधारण तारेखमा छोडेकै दिन फागुन १ गते कलेज सम्बन्धनका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. गिरीले तोक आदेश गर्नुभयो । विगतमा आफैं आयोग उपस्थित भएर निवेदन लगेका प्रसाईंले यो पटक भने आफ्ना सहयोगी निरज सुवेदीलाई कलेज सम्बन्धनको निवेदन पठाउनुभएको थियो ।
बी एण्ड सीको सम्बन्धनका लागि दर्ता भएको निवेदनमा बी एण्ड सीले काठमाडौं विश्वविद्यालयअन्तर्गत कलेज सञ्चालन गर्ने भएकाले सो विश्वविद्यालयलाई सिफारिस गरिदिन निवेदनमा आग्रह गरेको छ । आयोगले बी एण्ड सी मेडिकल कलेज सम्बन्धनमा यदि कुनै किसिमको आलटाल गरेमा प्रसाईं न्यायका लागि सर्बोच्च अदालत जाने तयारी गरिरहनुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भारतका १६ राज्यमा फेरि कोरोना फैलिन थाल्यो, सक्रिय संक्रमित हजार नाघे
सोमबार, जेठ १२, २०८२
संघीय अस्पतालहरूको सेवा र शुल्कमा समानता ल्याउन स्वास्थ्य मन्त्रालयको नयाँ विधेयक तयारी
आइतबार, वैशाख २१, २०८२
गर्मी मौसममा खाना तताउँदा लापरवाही नगर्न विज्ञहरूको चेतावनी
बिहीबार, वैशाख १८, २०८२
भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरू, दुई बिरामीको सफल प्रत्यारोपण
मंगलबार, वैशाख ९, २०८२
सिराहा अस्पतालमा सेवाग्राही हैरान, स्थानीयले १९ बुँदे मागपत्र बुझाए
मंगलबार, वैशाख ९, २०८२ट्रेन्डिङ
