कोरोना भाइरसबाट फ्रान्समा एक चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ । शनिबार फ्रान्सका स्वास्थ्यमन्त्री अग्नेस बुजिनले भने, “चीनको हुबेई प्रान्तमा माहामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट फ्रान्समा एक ८० बर्षीय चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ ।”
एसिया महादेशभन्दा बाहिर यो भाइरसको सङ्क्रमणबाट भएको यो नै पहिलो मृत्यु हो । बुजिनका अनुसार फ्रान्समा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएका अन्य छ जनाको उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको छ ।
बुजिनले भने “फ्रान्समा मृत्यु भएका चिनियाँ पर्यटकलाई जनवरीको अन्त्यतिर पेरिसस्थित उक्त अस्पतालमा एकान्तमा राखी सेवा प्रदान गरिएको थियो । केही दिन यता उनको स्वास्थ्य अवस्था ‘निकै विग्रिएको’ थियो ।” चिकित्सकको अथक प्रयासका वाबजुत उनलाई बचाउन नसकिएको स्वास्थ्यमन्त्रीले बुजिनले बताए ।
चीनको मध्य क्षेत्रस्थित हुबेईको राजधानी वुहानबाट गत वर्षको डिसेम्बरमा देखा परेको यो नयाँ भाइरसका कारण चीनमा एक हजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म मुख्यभूमि चीनबाहिर फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा गरी कूल चार जनाको मृत्यु भएको छ ।
चीनमा कोभिड–१९ का कारण अहिलेसम्म ६६ हजार व्यक्ति सङ्क्रमित भएको पुष्टि गरिएको छ । चीनको वुहान र आसपासका स्थानमा रहेका करिब पाँच करोड ६० लाख व्यक्तिलाई रोग फैलिनबाट रोक्नका लागि क्वारेन्टाइनमा राखिएको छ ।
चीनबाहिर झण्डै ६०० व्यक्तिलाई कोभिड–१९ को सङ्क्रमण भएको र यसमध्ये करिब ३५ जना यूरोपेली संघ (इयू) सदस्य राष्ट्रमा पनि रहेको बताइएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६