
जनस्वास्थ्य सरोकार, काभ्रे । पनौती नगरपालिका वडा नं. ७ स्थित पनाैती स्वास्थ्यचाैकीमा रहेकाे बर्थिङ सेन्टरमा पहिलोपटक प्रसूति गराउने एक महिलालाई पाँच हजार ५५५ रुपैयाँ प्रदान गरिएको छ।
केही महिनाअघि मात्र सञ्चालनमा आएको बर्थिङ सेन्टरमा पहिलोपटक सुत्केरी हुने खानिखोला गाउँपालिकाकी सुस्मिता रुम्बालाई वडासदस्य रकम प्रदान गरेका हुन्। बर्थिङ सेन्टर उद्घाटनको समयमा गरेको प्रतिबद्धतास्वरूप आफूले सुत्केरीलाई रकम प्रदान गरेको उनले बताए।
प्रत्येक गर्भवतीले नियमित स्वास्थ्य संस्थामा परीक्षण गराउन् र अस्पतालमै सुत्केरी हुन् भन्ने प्रेरणा दिन आफूले रकम दिएको उनको भनाइ छ। गत बुधबार बर्थिङ सेन्टरमा नगरप्रमुख भीम न्यौपाने नगरपालिकाका स्वास्थ्य प्रमुख पुरुषोतम तिमल्सिनाको उपस्थितिमा उनले रुम्बालाई रकम प्रदान गरेका हुन्।
सोही अवसरमा रुम्बालाई नियमित गर्भ परीक्षण गरे बापत नेपाल सरकारबाट २८ सय रुपैयाँ र पनौती नगरपालिकाको तर्फबाट यातायात खर्च एक हजार रुपैयाँ प्रमुख न्यौपानेले प्रदान गरे।
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
