जनस्वास्थ्य सरोकार, झापा । झापाको मेचीनगर नगरपालिका–९ धुलाबारीमा खोलिएको जैन होमियोपेथिक चिकित्सालयले २५ वर्ष अघिदेखि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । जैन तेरापन्थ युवक परिषद्ले गरिबदुःखी बिरामी स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य राखी सो सेवा शुरु गरेको थियो । जुन सेवा आज पनि निरन्तर चलिरहेको छ । मारवाडी समुदायको युवा सङ्गठन जैन तेरापन्थ मेचीनगरको धुलाबारीस्थित अतिथि सदनमा दुई कोठा भाडामा लिएर निःशुल्क सेवा दिइँदै आएको छ । ‘मानवीय सेवा नै धर्म हो’ होमियोपेथिक चिकित्सालय सञ्चालन समितिका संयोजक पवन बोथराले भन्नुभयो, “अहिले पनि पैसा नभएर धेरै मानिस स्वास्थ्य उपचार गर्न सकिरहेका छैनन् । उनीहरुलाई नै लक्षित गरेर सेवा शुरु गरेका हौँ ।” हप्ताको दुई दिन सोमबार र शुक्रबार बिहान ७ः३० देखि ११ः०० बजेसम्म मात्रै सेवा दिइने संस्थामा होमियोपेथिक वैद्य केएल राजवंशी बसेर बिरामीको स्वास्थ्य चेकजाँच गर्ने, औषधिको नाम र खाने तरिका सिकाउने काम गर्नुहुन्छ । निःशुल्क सेवा दिने उद्देश्यले खोलिएको चिकित्सालय सञ्चालनका लागि परिषद्ले मारवाडी तथा अन्य समुदायबाट आर्थिक सहयोग सङ्कलन गर्दै आएको छ । सहयोगबाट आएको रकमले नै चिकित्सकको टोलीलाई पारिश्रमिक, औषधि खरिद गर्ने तथा कोठा भाडा तिर्ने गरिएको संयोजक बोथराले बताउनुभयो । चिकित्सालय सञ्चालनमा वार्षिक रु चार लाख खर्च हुने गरेको छ । चिकित्सालय शुरु गर्दाको समयमा रु १० मा टिकट लिइन्थ्यो । अहिले बढाएर रु २० बनाइएको छ । टिकट काटेपछि स्वास्थ्य जाँच र औषधि निःशुल्क लिन पाइन्छ । हालसम्ममा जैन होमियोपेथिक चिकित्सालयबाट हालसम्म दुई लाख ५० हजारले सेवा लिइसकेका छन् । यहाँ सेवा लिनका लागि नेपालका काठमाडौँ, ताप्लेजुङ, इलाम, इटहरी तथा भारतको सिलिगुडी, दार्जीलिङलगायत क्षेत्रका बिरामीले विशेषगरी ग्यास्ट्रिक, मधुमेह, थाइराइड, अल्सर, प्रेसर, बाथलगायत रोगको नियमित सेवा लिइरहेका वैद्य राजवंशीले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ

